बुधवार, असोज ३०, २०८१
Sancharmanch

बीमाको पहु“चमा सबै प्रदेशवासीलाई पुर्याउँछौँ : मुख्यमन्त्री कार्की

मङ्गलवार, पौष ३, २०८०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुचमा सबै प्रदेशवासीलाई पुर्याउने बताउनु भएको छ।   मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणले सोमबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपदलगायतको क्षेत्रमा सहज र सुलभ सेवा प्रदानका लागि प्रदेशवासीलाई बीमाको पहुँच पुर्याउने बताउनुभएको हो। ‘अहिले आगलागिका घटनाहरु नै धेरै भइरहेको अबस्थामा सरकारले राहत स्वरुप निर्देशिका अनुसार अधिकतम ५० हजार उपलब्ध गराउदै आएको छ,’ उहाँले भन्नुभयो, ‘तर त्यो प्रयाप्त छैन्, हामीले त्यसलाई बीमासग जोड्न सकियौं भने पिडितलाई थप राहत महसुश हुन्छ ।’ मुख्यमन्त्री कार्कीले बीमा पहुचमा हुनेको भन्दा पनि नहुनेको घरसम्म पुर्याउनु पर्ने र सेवा प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको हो । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले बाख्रा र बंगुरको बीमामा भूक्तानीका लागि बीमा कम्पनीहरुले निकै झण्झटिलो अवस्था निर्माण गरेको प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रमेशकुमार सिंहले सडकलगायतका भौतिक संरचना निर्माणमा हालसम्म बीमामा गरेको लगानी बालुवामा पानी सावित भएको तर्फ प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो । नेपालको वित्तीय क्षेत्र सुधार रणनीति अन्तर्गत गाउ“ गाउ“सम्म बीमाको पहुच पुर्याउन तीन तहको नै सरकारसम्म पुग्ने प्रयास गरिरहेको बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताउनुभयो । सिलवालले बीमा गरिएका बाख्रा र बंगुर मरेपछि किसानहरुले अत्यधिक मूल्य दावी गर्ने गरेकाले चुनौतिपूर्ण भएको स्विकार गर्नुभयो । उहाँले सडक तथा भौतिक संरचना निर्माण क्षेत्रको बीमामा भएको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘जीवन बीमाको पहु“चमा गत आर्थिक वर्षसम्ममा ४४।३८ प्रतिशत नेपाली मात्रै छन्,’ उनले भने, ‘विगत आर्थिक वर्षभन्दा गत वर्ष २।८७ प्रतिशतले वृधि भई बीमा शूल्क संकलन कूल १ खर्ब ८२ अर्ब ९१ करोड पुगेको र कूल ग्राह्स्थ्य उत्पादनमा बीमाको योगदान ३।४० प्रतिशत रहेको छ ।’ अध्यक्ष सिलवालले चुक्ता पूँजी जीवन बीमाको ५२ अर्ब १६ करोड र नीर्जीवन बीमाको २६ अर्ब ६ करोड रहेको बताउनुभयो । बीमा क्षेत्रमा प्रत्यक्ष रोजगारी ११ हजार ४९९ जनाले प्राप्त गरेको उनले सुनाए.उनुभयो । ‘बीमा सेवा संघ र प्रदेशको साझा अधिकार सूचीमा रहेको र घर बीमा वापत ५ हजार, जीवन बीमा वापत ४० हजार, स्वास्थ्य बीमा वापत ४० हजार रुपैयाँसम्म कर योग्य आयमा छुटको व्यवस्था छ,’ उहाँले भन्नुभयो ‘कृषि तथा पशुपन्छी बीमामा बीमा शूल्कको ८० प्रतिशत सरकारले अनुदान दिइरहेको लाभ सबै किसानले प्राप्त गर्नुपर्छ ।’ मुलुकमा तेस्रो पक्ष मोटर बीमा र वैदेशिक रोजगार बीमा अनिवार्य गरिएको सिलवालले जनाकारी गराउनु भयो । उनले सरकारी तथा निजी सम्पत्तिहरुको बीमासम्बन्धी उच्चसतरीय अध्ययन कार्यदल गठन भएको र त्यसले दिएको प्रतिवेदनको आधारमा काम अघि बढाउने प्राधिकरणको तयारी रहेको बताउनुभयो । नेपालमा जीवन बीमा कम्पनी १४, निर्जीवन बीमा कम्पनी १४, पुनर्बीमा कम्पनी २ र लघुबीमा कम्पनी ७ गरी कूल बीमा कम्पनीको संख्या ३७ छन् ।
सम्बन्धित खबर