बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापाको बुद्धशान्तिका १७ वर्षिय युवाले उडाए प्लेन

सोमवार, पौष २, २०८०
झापा/ झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ डुम्रीवोटका १७ वर्षिय सबिन बाँस्कोटाले आफैले बनाएको मिनि एरोप्लेन उडाएका छन । बुद्धशान्ति गाउँपालिका परिसरमा सोमबार उक्त हवाई जहाज परिक्षण गरिएको हो । सबिनले हवाईजहाज मात्र बनाएका छैनन्, थुप्रै मिसिनरी यन्त्र उपकरणहरु आफैँले निर्माण गरेर प्रदर्शनी गरेका छन् । घामको किरण अनुसार घुम्ने सोलार प्यानल, सेन्सर जडित पानिको धारा, एयर कण्डीसन, प्रतिरक्षा कवच, मोटरेवल साईकल, रोबोट लगायतका थुप्रै सामानहरु आफैँले आविस्कार गरेका छन् । पाँचथर वाट भर्खरै झापाको बुद्धशान्तिमा बसाई सरेर आएको वताउँदै सुरु सुरुमा रेडियोका पार्ट पुर्जा वाट आविस्कारको थालनी गरेको सबिन बताउँछन् । बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाइले सहयोगको लागि केहि गर्ने लक्ष अनुसार गाउँपालिका परिसरमै सबिनका आविस्कारहरुको प्रदर्शनी गराउनु भएको थियो । गाउँपालिकाको तर्फ वाट केहि सहयोग जुटाउन साथै विभिन्न आविस्कार केन्द्रहरु वाट सहयोग प्राप्त गराउने उध्येश्य अनुसार प्रदर्शनि गराइएको अध्यक्ष प्रसाईले वताउनुभयो । सबिनले आविस्कार गरेको सेन्सर जडित पानिको धारा ठुला ठुला होटलहरुमा भित्रि प्रयोजनका लागि प्रभावकारी देखिएको छ । आर्थिक अवस्था कम्जोर भएका कारण धेरै सामानहरु निर्माण गर्न कठिनाई भएको सबिनकी आमा चेलादेवी घिमिरे बाँस्कोटाले वताउनुभयो । आफुले खाजा खान दिएको पैसा बचत गरेर आविस्कारको सुरुवात गरेका सबिनलाई सहयोग गर्न गोठमा ब्याएको गाई समेत बेचेको चेलादेवीले बताउनुभयो । वाँस्कोटाले आविस्कार गरेका मानव जिवनमा थुप्रै उपयोगि मेसिनहरु रहेका छन । भ्वाईस कमाण्डमा चल्ने रोबोर्ट वाट धेरै काम गर्न सकिने उनले गरेर देखाएका छन । रोबोर्टले सामान्य पटका पड्काउन सक्ने प्रयोग प्रदर्शनीमा देखाएका थिए । समिनका बुबा बुल प्रसाद बाँस्कोटाले छोराको इच्छा अनुसारको पढाई र खोजका लागि राज्यले सहयोग गरिदिए हुने बताउनुभयो । आर्थिक अवस्था मजबुत नभएका समिन बाँस्कोटासँग भएको दिमाग र उनको सोच अनुसारको आविस्कारका लागि राज्यले सहयोग गर्न सकेको खण्डमा स्वदेसमै विभिन्न मेसिन उपकरणहरु निर्माण गर्दै राज्यको आर्थिक भार कम गर्न सकिने सम्भावनाहरु देखिएका छन । ग्रामिण स्तर वाट उदाएका प्रतिभा सबिन बाँसकोटालाई बुद्ध शान्ति गाउँपालिका वडा नं. २ का मिलन घतानी र बुद्धशान्ति १ का पुर्ण प्रसाद उप्रेतीले जनहि एक हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराउनुभएको छ । सबिन बुद्धशान्ति गाउँपालिका वडा नं. २ जयपुरमा रहेको आदर्श माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत छन
सम्बन्धित खबर