बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सरकारी निकायमाकार्यविधिबनाएर दोभाषे राख्छौं : मुख्यमन्त्रीकार्की

सोमवार, पौष २, २०८०
विराटनगर । मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायतका सरकारी कार्यालयहरुमाकार्यविधिबनाएर दोभाषे राख्ने बताएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपाल, कोशीले मुख्यमन्त्रीकार्कीलाई ज्ञापन पत्र बुझाएपछि उनले उक्त प्रतिबद्धता जनाएकाहुन् । प्रदेश सरकार मातहतका अस्पतालहरुमा राखेका दोभाषेलाई जिल्लाबहिरा संघ मातहत राखेर परिचालन गर्न माग गरेपछि मुख्यमन्त्रीकार्कीले कार्यविधिबनाएर प्रदेश मातहतका सरकारी कार्यालयलगायतप्रत्येक साार्वजनिककार्यक्रममा दोभाषे राख्ने व्यवस्था गर्ने बताएका छन् । प्रतिस्थापनविद्येक मार्फत आएको बजेटमा बहिरा समुदायकालागि बजेट व्यवस्थापन गरेर मुख्यमन्त्रीकार्कीलेअभिभाकको भूमिकानिर्वाह गरेको जनाएकाहुन् । प्रदेश सरकारले नेपालको इतिहासमा नै स्वर्णीम हुने गरी बहिरा समुदायलाई लक्षितगरि दोभाषेको व्यवस्था गरेकोमामहासंघका पदाधिकारीले मुख्यमन्त्रीप्रतिधन्यवाद ज्ञापन गरेका थिए । मुख्यमन्त्रीकार्कीले दोभाषेहरुको पेशागतसीप विकासकालागि सरकाले काम गर्ने उल्लेख गर्दै नीतिनियमबनाउँदामहासंघलाई सहभागिता गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सम्बन्धित खबर