बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

विर्तामोड ४ मा कपडा बैंक स्थापना गर्दै उज्याले परिवर्तन समाज नेपाल

आइतवार, पौष १, २०८०
झापाको विर्तामोड नगरपालिका वडा नं. ५ मा स्थापना भएको उज्यालो परिवर्तन समाज नेपालले दोश्रो पटक कपडा बैंक स्थापना गरेको छ । दिन प्रतिदिन बढेको जाडोलाई लक्षित गर्दै बपडा बैंक स्थापना गरिएको आयोजक संस्थाले जनाएको छ । कपडा हुनेले दिने साथै नहुनेले लिएर जान पाउने गरी स्थापना भएको कपडा बैंक वाट विपन्न परिवारको जाडो छेल्न मद्यत पुग्ने संस्थाका सल्लाहकार सम्योजक सुभाष भट्टराईले विस्वास ब्यक्त गर्नुु भयो । उज्यालो परिवर्तन समाज नेपाल संस्थाले सञ्चालन गरेका कार्यक्रम प्रति विभिन्न क्षेत्रमा सकारात्मक चर्चा सूरु भएका छन् । सामाजिक विकाससँग सँगै विपन्न नागरिकको उत्थानका लागि संस्थाले सञ्चालन गरेका हरेक कार्यक्रमहरु प्रभावकारी रहेका छन । मानवताको सेवानै जिवनको परम धर्म हो भन्ने उक्ति अनुसार संस्थाले कपडा बैंक स्थापना गरेको बताउदै आगामि दिनमा वडा कार्यालय वाट हुने सहयोग गर्ने कार्यक्रमका प्रमुख खतिथि विर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष राहुल शर्माले वताउनुभयो ।   स्थापनाको छोटो समयमा नै धेरै कामहरु गर्न सफल उज्यालो परिवर्तन समाज नेपाल झापा जिल्लाका जुझारु युवाहरुको बैधानिके संस्था हो समाज सुधारका लागी साना तर महत्वपूर्ण गतिविधिहरु सञ्चालनमा तिब्रता दिएको संस्थाले झापा जिल्ला कारागारमा आखाको जटिल समस्या वाट ग्रसित कैदिबन्दिहरुको निशुल्क सल्यक्रीयाको ब्यवस्था मिलाउन लागि परेको संस्थाका अध्यक्ष राम प्रसाद मैनालीले वताउनुभयो । ........ उज्याले परिवर्तन समाज नेपालले गत मंसिर २८ गते देखि ३० गते सम्म विर्तामोड नगरपालिका वडा नं. ५ को महानन्द चोकमा कपडा बैंक स्थापना गरिसकेको छ, त्यसै गरेर पौष १ गते आइतवार देखी पौष ४ गते बुधवार सम्म विर्तामोड नगरपालिका वडा नं. ४ भद्रपुर रोड स्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि कपडा बैंक स्थापना गर्ने जनाएको छ । त्यस्तै संस्थाले पौष ४ गते बुधवार देखी ६ गते सुक्रबारसम्म विर्तामोड नगरपालिका वडा नं. २ को वडा कार्यालय अगाडि चारपानेमा कपडा बैंक स्थापना गर्ने जनाएको छ । कपडा बैंकमा कपडा संकलनका लागिसंस्थाले आम नागरिक समक्ष आह्वान समेत गरेको छ । प्रमुख अतिथि राहुल शर्माले रिबन काटेर सुरुवात गरिएको कपडा बैंक स्थापना कार्यक्रम, संस्थाका सचिव पुष्प पाठकले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर