बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सभापती खानंद्वारा मधेशका विद्यालयहरुमा जडान गरिएको फिल्टर मेसिनको अनुगमन

शुक्रवार, मंसिर २९, २०८०
मंसिर २९, मधेस प्रदेस/ उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले मधेश प्रदेसका विद्यालयहरुमा जडान गरिएको फिल्टर मेसिनको अनुगमन गर्नु भएको छ । सभापति खानले आफ्नै पहलमा जडान भएका फिल्टर प्लान्टहरुको अनुगमन गर्नु भएको हो । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा पूर्व खाने पानी मन्त्री अब्दुल खानको विशेष पहल र EPC Nepal  द्वारा मधेश प्रदेशको ४०० विद्यालयहरुमा खानेपानी फिल्टर मेसिनहरु जडान भईसकेका छन । आफ्नै पहलमा भएको योजनाको अनुगमनको लागि आज रौतहट जिल्लाको गारूडा स्थित पिपरिया माध्यमिक विद्यालय र नेपाल पुलिस स्कुल लगायत विभिन्न विद्यालयहरूमा स्वच्छ पिउने पानिका लागि जडान गरिएका फिल्टर मेसिनको अनुगमन गरिएको थियो । उक्त निरिक्षण कार्यक्रममा EPC Nepalका प्रतिनिधि सुरज कुमार साह, गरुडा न. पा. को मियर कन्थ मुनि जैसवाल र जनमत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । निरिक्षणको दौरान शिक्षक,विद्यार्थी र अभिभावकहरूले फुल माला सहित स्वागत गरेका थिए ।
सम्बन्धित खबर