बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कपडा बैंक स्थापना गर्दै उज्याले परिवर्तन समाज नेपाल

शुक्रवार, मंसिर २९, २०८०
झापाको विर्तामोड नगरपालिका वडा नं. ५ मा स्थापना भएको उज्यालो परिवर्तन समाज नेपालले कपडा बैंक स्थापनाको सुरुवात गरेको छ । दिन प्रतिदिन बढेको जाडोलाई लक्षित गर्दै उध्घाटन कार्यक्रमको आयोजना गरेर संस्थाले कपडा बैंकको स्थापनाको सुभारम्भ गरेको हो । विभिन्न समयमा संस्थाले सामाजिक गतिविधिहरु गर्दै आएको वताउँदै कपडा हुनेले दिने साथै नहुनेले लिएर जान पाउने गरी स्थापना भएको कपडा बैंक वाट विपन्न परिवारको जाडो छेल्न मद्यत पुग्ने संस्थाका सल्लाहकार सम्योजक सुभाष भट्टराईले बताउनुभयो । उज्यालो परिवर्तन समाज नेपाल संस्थाले गरेको काम प्रति यतिवेला विभिन्न क्षेत्रसँग सम्बन्धित ब्यक्तित्वहरु प्रभावित भएका छन । सामाजिक विकास र उत्थानका लागि संस्थाले चालेका कदमहरु प्रभावकारी रहेको सन्दर्भमा समाज परिवर्तनको आधार म भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै संस्थाले सुरु गरेका गतिविधिहरु परिणममुखी रहेका छन । निरासा छाएको समाजमा संस्थाले आसा जगाउने काम गरेको वताउदै नेपाली कांग्रेसका प्रभावसाली नेता तथा सामाजिक ब्यक्तित्व भगिरथ पोद्धारले सदैव साथ रहयोग रहने पनि वताउनुभयो । उज्यालो परिवर्तन समाज नेपाल स्थापना भएको ४१ दिन भएको छ । झापा जिल्लाका केहि उर्जावान युवाहरुको सकृयतामा स्थापना भएको संस्थाले सुन्दा सानो तर महत्वपूर्ण गतिविधिहरु सञ्चालन गरिरहेको छ । सुरुमा यो संस्था कसरी अगाडि बढ्ने हो भन्ने अन्योल भए पनि विभिन्न समयमा सञ्चालन गरेका गतिविधी वाट आएको परिणम हेर्दा संस्थाले राम्रो बाटो तय गरेको विर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष साथै कार्यक्रमका प्रमुख अतिथि रोहित प्रसाईले वताउनुभयो । हुनेले दिने नहुनेले लाने भन्ने नारा सहित स्थापना गरिएको कपडा बैंक वाट धेरै विपन्न परिवारको आङ ढाक्ने छ । यो जाडोको समयमा चिसोका कारण कसैले पनि अकालमा मृत्युबरण गर्नु नपरोस भन्ने अभिप्रायले कपडा बैंकको स्थापना भएको छ । संस्था स्थापन भए पछिको पहिलो कार्यक्रम स्वरुप ह्विल चेयर वितरण वाट सुरु गरी कैदि बन्दिका आँखा परिक्षण, विर्तामोड ९ मा कपडा वितरण हुँदै कपडा बैंक स्थापना सम्म आइपुग्दा धेरै सहयोगहरु जुटिरहेको संस्थाका अध्यक्ष राम प्रसाद मैनालीले वताउनुभयो । उज्याले परिवर्तन समाज नेपालले यहि मंसिर २८ गते देखि ३० गते सम्म विर्तामोड नगरपालिका वडा नं. ५ को महानन्द चोकमा, त्यसै गरेर पौष १ गते देखी पौष ४ गते सम्म विर्तामोड नगरपालिका वडा नं. ४ भद्रपुर रोड स्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि, पौष ४ गते देखी ६ गते सम्म विर्तामोड नगरपालिका वडा नं. २ को वडा कार्यालय अगाडि चारपानेमा कपडा बैंक स्थापना गर्ने जनाएको छ । प्रमुख अतिथि रोहित प्रसाईले रिविन काटेर सुरुवात गरिएको कपडा बैंक स्थापना कार्यक्रम संस्थाका सचिव पुष्प पाठकले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर