शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

१६ दिने अभियानकै विच आमा समूहनै जेलमा

बिहिवार, मंसिर २८, २०८०
झापा/ झापाको विर्तामोडमा स्थापना भएको उर्जाशील रामधुनी आमा समूह लैङेगीक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन झापा कारागार महिला सेलमा पुगेको छ । सनिबार न्यानो कपडा र विभिन्न खानेकु्रासहित झापा कारागार महिला सेलमा रहेका कैदी बन्दिहरुलाई भेटन समुह जिल्ला कारागार पुगेको हो । यसरी सामाजिक संस्था मार्फत कार्यक्रम लिएर जेल पुगेको यो पहिलो पटक भने पक्कै पनि होइन । विगत वर्षमा पनि आमा समूह वाट विभिन्न सहयोगसहित कार्यक्रम सञ्चालन भएको स्मरण गर्दै चौकीदार रिता राइले खुसी ब्यक्त गर्नुभयो । विश्वभर मनाईने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा पनि विभिन्न गतिविधीकासाथ मनाइने गरिएको छ । तर कारागारमा रहेका महिला दिदि बहिनीहरुका लागि भने कमै कार्यक्रमहरु सञ्चालन हुने गरेका पाइन्छन । तर उर्जाशील रामधुनी आमा समूह विर्तामोडले भने हेर्दा र सुन्दा सामान्य लागेतापनी अत्यन्तै महत्वपूर्ण कार्यक्रमको आयोजना गरेको छ । आमा समूहकी अध्यक्ष गंगा सिवाकोटी ढकालले १६ दिने अभियान सञ्चालन हुने क्रममा समुहको ध्यान कैदिबन्दि समक्ष पुगेको वताउँदै दिदिबहिनीहरु भोलि बाहिर आएर समाजमा उच्च सम्मन रहिरहने विश्वास ब्यक्त गर्नु भयो । वास्तवमा मानिसले जिवन चलाउने क्रममा गरेका गल्तिहरु वाट सिक्ने को । आफुलाई निखार्दै अगाडि वढ्नका लागि भएका कमी कम्जोरीहरु वाट भएका भुल यात अनाहकमा गल्ति स्विकार्नुपर्ने बाध्यताले निम्त्याएको कैदि जिवन त्यति सहजत कहाँ छ र ? चौतर्फी घेरा बन्दिका बावजुत परिस्थितिले कैदि जिवन विताउन बाध्य भए पनि, सकारात्मक सोचकासाथ बाँकि जिवन सफल बनुन भन्ने सुभेक्षा सहित विर्तामोड साना शहरी खानेपनी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज वास्तोलाले उर्जाशील रामधुनी आमा समुहले आगामि दिनमा पनि थप कार्यक्रम सञ्चालन गर्ने विश्वास ब्यक्त गर्नुभयो । पकाएको खानेकुरासहित न्यानो कपडा साथै सेनिटरी प्याड र हर्लिक्स वितरण गरिएको कार्यक्रममा सस्थाकी कार्यसमिति सदस्य विमला मैनाली न्यौपाने स्वागत गरेको कार्यक्रमको संयोजन सस्थाकी कार्यसमिति सदस्य मनिता खुलाल, सह संयोजक सस्थाकी कार्यसमिति सदस्य इश्वरी बुढाथोकी पौडेल रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाकी सचिव टिका प्रसाई मैनालीले गर्नु भएको थियो । साथै कार्यक्रमको सहजिकरण विर्तामोड साना शहरी खानेपनी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज वास्तोलाले गर्नु भएको थियो ।
सम्बन्धित खबर