बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

रणनीतिक महत्वको लेटाङ ६ नं बुधबारे सडकको मुख्यमन्त्रीकार्कीद्वारा शिलान्यास

शनिवार, मंसिर २३, २०८०
मोरङ, लेटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २९.६० लम्बाइको लेटाङ ६ नं बुधबारे सडकको शिलान्यास गर्नुभएको छ । शुक्रवार पूर्वाधार विकास कार्यालयले लेटाङमा आयोजना गरेको सडक शिलान्यास समारोहमामुख्यमन्त्रीकार्कीले रणनीतिक योजनाको सडकको शिलान्यास गर्नुभएको हो । पाँचथरको मिक्लाजुङ गाउँपालिका र धनकुटाको चौबिसे गाउँपालिका साथै इलामतथाताप्लेजुङका स्थानीयलाई समेत प्रदेशको राजधानीविराटनगर आउन छिटो पर्ने सडक रणनीतिक योजनाको सडक भएको मुख्यमन्त्रीकार्कीले शिलान्यास समारोहमाबताउनुभयो । उहाँले भन्नुभयो, ‘सडक निर्माणपछि त्यस भेगका कृषिउत्पादनबजारसम्म पुर्याउनका साथै उत्पादनमालाग्ने साधनश्रोतलाई किसानसम्म पुर्याउनकालागिमहत्त्वपूर्ण हुन्छ ।’ अब अन्यआयोजनाको छनौट गरेर आवस्यक्ताकाआधारमानिर्माण हुने बताउँदै मुख्यमन्त्रीकार्कीले सम्पन्नता गर्ने ग्यारेन्टी सहित योजना छनौट हुने बताउनुभयो । कार्यक्रममा सहभागीवक्ताहरूले समयमै निमार्णको कार्य सकेर जनतालाई सेवादिनुपर्नेमा जोड दिएका छन् । सो सडकको सन्तोषी–जोया एण्ड ब्रोदर्स जेभीले २०८३ वैशाख २८ गते सम्पन्न गर्ने गरी ८७ करोड तीनलाख ५३ हजार २७ रुपैयाँ७० पैसामा ठेक्का सम्झौता गरेको छ । निर्माण व्यवसायीका सञ्चालकभीमपौडेलले समयमै गुणस्तरीय काम गरेर सडक हस्तान्तरण गर्ने बताउनुभयो । भौतिकपूर्वाधार विकाशमन्त्रालय कोशीप्रदेशका सचिव रमेश कुमार सिंहको सभापतित्वमाभएको कार्यक्रममा सम्बन्धित स्थानीयतहकाप्रमुखतथाप्रतिनिधिहरूका साथै सरोकार बालानिकायको समेत सहभागिता रहेको थियो ।
सम्बन्धित खबर