बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

लैङिगक हिंसा विरुद्वको १६ दिने अभियानकै सनदर्भ परेर, तेश्रो लिङगीलाई सम्मान

शुक्रवार, मंसिर १५, २०८०
झिलझिले । भरत प्रसाई/  लैङिगक हिंसा विरुद्वको १६ दिने अभियानकै सन्दर्भ पारेर गोपाल गौरी दिगो बिकास प्रतिष्ठानले तेश्रो लिङगीलाई सम्मान गरेको छ । तेश्रो लिङ्गीलाई सम्मान गर्ने कार्यक्रमकै विच जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको छ । इलाका प्रहरी कार्यलय झिलझिले, माइबेनी कृषी सहकारी संस्था लगायतको साझेदारी रहेको कार्यक्रम, गोपालगौरी दिगो बिकास प्रतिष्ठानको शाखा कार्यलय झिलझिलेमा सम्पन्न भएको हो । विभिन्न समयमा  विपन्न नागरिकलाई पोसाक वितरण गर्दै आएको प्रतिष्ठानले केन्द्रिय अध्यक्ष इन्दिरा शर्माको विषेस पहलमा शिवसतासी नगरपालिका वडा नं. ११ का विपन्न १० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको थियो । कार्यक्रममा, लैङिगक हिंसा विरुद्वको १६ दिने अभियानको मुल नारा लैङिक हिंसा अन्त्यको सुनिश्चिता महिला र बालकालिकाको लगानीको ऐक्यबद्वता, त्यसै गरी महिला हिंसा बन्द गर लगायतका ब्यानर प्लेकार्ड सहित झिलभिले बजार परिक्रमा गरिएको थियो । प्रमुख आतिथी समेत रहनु भएकी शिवसतासी नगरपालिकाकी उप प्रमुख नरमाया कार्कीले विभेदको शुरुवाद हामी आफैले घरकाट नै शरु गर्ने भएकाले जव सम्म सोचमा परिर्वतन आँउदैन तब सम्म लैङिक हिंसा पूर्ण रुपमा न्युनीकरण हुन नसक्ने दाबी गर्नु भयो । प्रतिष्ठानका झापा शाखा अध्यक्ष भद्रकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिट नेपाल दमककी कार्यक्रम संयोजक लुना लिम्बु चञ्चलाले तेश्रो लिङगी लाई हेर्ने नजरमा परिर्वन आउनु पर्नेमा जोड दिनु भयो । उहाँले तेश्रो लिङगी पनि समाज मा सम्मानका साथ बाच्न पाउने बातावरण बनाइदिन स्थानिय सरकार संधीय सरकारले कडा निति र कानुन बनाउनु पर्ने बताउनु भयो । प्रत्येक दिन ४ देखि ५ वटा महिला हिंसा विरुद्वका उजुरी पर्ने गरेको बताउदै महिला हिंसालाई न्युनिकरण गर्न हरेकले आफ्नो धरबाट नै थालनी गर्नुृ पर्ने इलाका प्रहरी कार्यलयका सहायक निरिक्षक भिमबहादुर मगरले बताउनु भयो । शुभकामना दिने क्रममा कमल गाँउपालिकाकी निर्वमान अध्यक्ष मेनुका काफ्लले लैङगिक हिंसा किन हुन्छ र दिवसको औचित्य माथी प्रकाश पार्नु भएको थियो । प्रतिष्ठानले १० हजार मुल्य बराबरको न्यानो कपडा जेष्ठ नागरिकलाई वितरण गरेको हो । महिलालाई स्वाभलम्बी बनाउन १५ जनालाई रोजगार प्रदान गरिएको प्रष्ठिानले जनाएको छ । वडा नम्वर ३,२ र १० मा रहेका अति बिपन्न परिवारका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्न लागिएको प्रष्ठिानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमले जानकारी दिनु भयो । उहाँले सबैको सहयोगले मात्र सधैका लागि महिला हिंसालाई अन्य गर्न सकिने भएकाले समान अपनत्वमा जोड दिनु भयो । संस्थाकी उपाध्यक्ष भगवती गुरागाईले स्वागत गर्नु भएको कार्यक्रमलाई संस्थाकी झापा शाखा सचिव चन्द्रकला सापकोटाले सञ्चालन गर्नुृ भएको थियो ।
सम्बन्धित खबर