बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापा कारागारका कैदीबन्दीका निःशुल्क आँखा उपचार गर्दै उज्यालो परिवर्तन समाज नेपाल

बुधवार, मंसिर १३, २०८०
झापा/ उज्यालो परिवर्तन समाज नेपाल झापाले जिल्ला कारागार झापामा रहेका ३ सय कैदीबन्दीका आँखा निःशुल्क परिक्षण गरेको छ । बुधवार एक कार्यक्रमको आयोजना गरेर आँखा परीक्षण शिविर सञ्चालन गरेको हो । झापाको विर्तामोड नगरपालिका वडा नं. ५ मा प्रधान कार्यालय रहेको संस्थाले विभिन्न सामाजिक गतिविधिमा योगदान गर्दै आएको छ । दृष्टि आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा कारागार भित्र रहेका कैदीवन्दीहरुको नामवली संकलन गरेर आँखा परीक्षण गरिएको हो । कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले संस्थाको नाम अनुसारकै उज्यालो कामको संज्ञा दिँदै कैदीबन्दीका लागि कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिनुभयो । संस्थाका नौ जनाको कार्य समितिका सदस्यहरू सक्रियताका साथ सामाजिक काममा जुटिरहेको छ । आफ्ना काम र गतिविधिमा सहजीकरण होस भन्ने हेतुले ७ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको छ । उज्यालो परिवर्तन समाज नेपालले जिल्ला कारागारमा सञ्चालन गरेको आँखा शिविरमा स्वागत गर्दै विर्तामोड नगरपालिका वडा नं. २ का अध्यक्ष किशोर पौडेलले आगामी दिनमा संस्था कारागार भित्रका कार्यक्रमहरुमा हातेमालो गरेर अगाडि बढ्ने वताउनुभयो । निःशुल्क शिविर सञ्चालनका लागि प्राविधिक सहयोग गरेको दृष्टि आँखा अस्पतालका अजितकुमार ठाकुरलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो । कारागार भित्रका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै अगाडि बढ्ने साथै कारागारका कैदीबन्दीहरुलाई क्षमता अनुसार ब्यवस्थापनका लागि पहल गर्ने संस्थाका सल्लाहकार संयोजक सुभाष भट्टराईले वताउनुभयो । उज्यालो परिवर्तन समाज नेपालले सामाजिक विकासका लागि विभिन्न कामहरु गरिरहेको छ । जस अन्तर्गतकै अभियानमा झापा जिल्ला कारागारमा आँखा उपचार कार्यक्रमको आयोजना गरेको बताउँदै संस्थाले समाजमा सकारात्मक सोचको विकास गर्न र गराउन प्रयास गरिरहेको संस्थाका अध्यक्ष रामप्रसाद मैनालीले बताउनुभयो । जिल्लाका कारागार झापामा रहेका कैदीबन्दीहरुका लागि सञ्चालन गरेको आँखा शिविर कार्यक्रम संस्थाका अध्यक्ष रामप्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका जिल्ला कारागार झापाका प्रमुख मोहनलाल पनेरु, नेपाल प्रहरी, सशस्त्र प्रहरीको २ नम्बर गण झापाका प्रमुख प्रहरी उपरीक्षक देवराज अर्याललगायतको आतिथ्यता रहेको कार्यक्रममा संस्थाका सम्पूर्ण पदाधिकारी लगायतको सहभागिता रहेको कार्यक्रम संस्थाका सचिव पुष्प पाठकले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर