बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

‘म तिखा प्रश्न चाहन्छु, उत्तर दिन विज्ञ खोज्नु परोस्’ ः मुख्यमन्त्री कार्की

सोमवार, मंसिर ११, २०८०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सदनलाई प्रभावकारी र नतिजामुखी बनाउनका लागि सांसदको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । आइतबार कोशी प्रदेश आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले भन्नुभयो ‘मलाई लागेको थियो प्रश्न तिखा तिखा आउँछन् र म र्याखर्याख्ती हुन्छु । मलाई उत्तर दिनका लागि विज्ञ चाहिन्छ भनेर आशा गरेको थिएँ र आगामी दिनमा पनि आशा गर्दछु ।’ उहाँले सदनभित्र हुने गहन छलफलले उत्तर मात्रै नभई प्रतिफल पनि आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो सरकार खबरदारी गरेको मन पराउने सरकार भएकाले प्रश्न गर्दैमा मुख्यमन्त्री मन्त्रीहरू रिसाउनुहुन्छ भन्ने संशयमा नपर्न आग्रह गर्नुभयो । विधेयक माथि छलफलमा प्रदेश सभा सदस्यहरु गम्बु शेर्पा, सपना दर्जी किशोर चन्द्र दुलाल, विदुर कुमार लिङ्थेप, राजन किराँती, विनोद राई, डोल्मा तामाङ, छवि चुँडाल, राम प्रसाद महतोले भाग लिनुभएको थियो ।
सम्बन्धित खबर