बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मुख्यमन्त्रीकार्कीको प्रतिबद्धता ः बजेट पूर्ण रूपमाकार्यान्वयन हुन्छ

आइतवार, मंसिर १०, २०८०
विराटनगर ।कोशीप्रदेशकामुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामाप्रतिस्थापनविधेयकबाट आएको बजेट पूर्ण रूपमाकार्यान्वयनहुने बताउनुभएको छ । आइतबार आर्थिक मामिलातथा योजनामन्त्रालयमाआयोजित सञ्चारकर्मीसङको अन्तरक्रियामाउहाँले बजेट कार्यान्वयनमाकुनै शङ्कानगर्न आग्रह गर्नुभएको हो । बजेट भौतिकविकासमामात्र केन्द्रित नरहेको उल्लेख गर्दै प्रतिस्थापनविधेयकले मानवीयविकासलाई समेत जोड दिएको बताउनुभयो । ’प्रस्तुतकार्यक्रमहरू विधेयकपास भएको भोलिपल्टदेखि कार्यान्वयनमा जान्छ । उहाँले भन्नुभयो, समुन्नतप्रदेशकालागिहामीले पाइलाचालिसकेका छौँ ।’ मुख्यमन्त्रीकार्कीले व्यक्तिगत स्वार्थका योजनातथाकार्यक्रम पेस नगर्न आग्रह समेत गर्नुभएको छ । ’यो पटक बाटै हामीले सुरुवातगरिसकेका छौँ । व्यक्तिगत रूपमायोजनाल्याएर बजेट कनिकासरि छर्ने काम अब हुन्न । अब योजनाआयोगले तय गरेका कामहरू प्राथमिकता र योजनाबद्ध तवरले हुनेछन् । त्यसकालागिआयोगले पनिकाम सुरु गरिसकेको छ ।’ आर्थिक मामिलातथा योजनामन्त्रीको समेत जिम्मेवारीमा रहनुभएकामुख्यमन्त्रीकार्कीले शनिवार लोकप्रियकार्यक्रमहरू समेट्दै आर्थिक वर्ष २०८०–८१ को बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयकप्रदेशसभामा पेस गर्नुभएको थियो । विधेयकमा १० वर्षसम्मकाबालबालिकाको निःशुल्कउपचार गर्ने, तमोरको पानी धरानल्याउने, धुलो दूध र घिउ निर्यातमाअनुदानदिने, हात्तीमैत्रीजङ्गलबनाउने, इटहरीमाप्रादेशिकजलन अस्पताल निर्माण गर्ने, विराटनगरमा सैलजाआचार्य हृदय रोग उपचार केन्द्रको व्यवस्थामिलाउने, प्रत्येक जिल्लामानिःशुल्ककानुनीउपचार केन्द्रको व्यवस्थामिलाउने, भूमिहीनतथा सुकुम्वासीले घडेरी खरिद गर्ने प्रयोजनकालागि बैंङक तथावित्तीय संस्थाबाट लिउको कर्जाको व्याजमिनाहा गर्ने लगायतकामहत्त्वपूर्ण कार्यक्रम समावेश गरिएका छन् ।
सम्बन्धित खबर