बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापामा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण

शनिवार, मंसिर ९, २०८०
झापामा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नुभएको छ । पूर्वराजा शाहले शनिबार दिउँसो झापाको बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्नुभएको हो । सालिक अनावरणका लागि पूर्णराजा शाह शुक्रबार नै झापा आइपुग्नु भएको थियो । पूर्वराजा शाह बसेको होटल मेची क्राउन प्लाजाबाट उहाँलाई हजारौं मोटरसाइकलले स्कर्टिङ गरेर कार्यक्रमस्थल ल्याइएको थियो । बिर्तामोडस्थित कार्यक्रमस्थलमा उहाँ आइपुग्दा राप्रपाका कार्यकर्ता तथा राजावादीहरूले राजतन्त्र पक्षधर नारा लगाएका थिए । उहाँको स्वागतका लागि बिर्तामोडमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए । पूर्वराजा शाहले सालिक अनावरण कार्यक्रममा सम्बोधन भने गर्नुभएन । कार्यक्रम स्थलमा करिव २० हजार वढि राजसंस्था प्रति आस्था राख्ने मानिसहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर