बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

छोराहरुको पून्य तिथिमा विद्यार्थीलाई न्यानो कपडा वितरण

शुक्रवार, मंसिर ८, २०८०
झापा, गोपालगौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष इन्दिरा शर्माले आफ्ना दिवंगत छोराहरु मनोज र सरोजको पून्य तिथिमा विद्यार्थीहरुलाई स्विटर वितरण गर्नुभएको छ । झापा शिवसताक्षी नगरपालिका वडा नं. ६ मा रहेको सामाजिक आदर्श प्राथमिक विद्यालयका ८० जना र नगरपालिकाकै वडा नं. २ मा रहेको हिमालय प्राथमिक विद्यालयका थप एकसय विद्यार्थीलाई स्विटर वितरण गरिएको हो । शिवसताक्षी नगरपालिका वडा नं. ६ निमपत्रे क्षेत्र वडाको मात्र हैन नगरकै विकट क्षेत्रमा पर्दछ । यहाँ विपन्न समुदायको वाहुल्यता रहेका कारण विद्यार्थीहरुले आङभरी कपडा नलगाइ आउने गरेको आदर्श प्राथमिक विद्यालयका प्रधानाध्यापक ज्ञेनिन्द्र प्रसाद चापागाईले वताउनुभयो । विगतका वर्षहरुमा पनि गोपाल गौरी दिगो विकास प्रतिष्ठाले विपन्न समुदायका वालवालिकाहरुलाई न्यानो कपडा वितरण गर्दै आएको थियो । वडा नं. ६ को सहजीकरणमा छनोट गरिएको आदर्श प्राथमिक विद्यालयमा मात्र हैन विपदमा परेका नागरिकहरुलाईसमेत राहत वितरणमा गोपाल गौरी दिगो विकास प्रतिष्ठानले महत्वपूर्ण योगदान पुर्याएको छ । महिलाहरुलाई सिपमूलक तालिम सञ्चालनमासमेत संस्थाले प्रभावकारी भूमिका निर्वाह गरेको वडा नं. ६ की सदस्य गोमा रिजालले वताउनुभयो । शिवसताक्षी नगरपालिका वडा नं. ६ को आदर्श प्राथमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि वितरण गरिएको न्यानो कपडाले विद्यार्थीहरुलाई विद्यालय निरन्तर आउनका लागि समेत सहयोग पुगेको छ । गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष इन्दिरा शर्माका दुवै सुपुत्रलाई संझदै वडाध्यक्ष साथै कार्यक्रमका प्रमुख अथिति मनोज खुलाल कार्कीले संस्थालाई धन्यवाद दिनुभयो । वडा नं. ६ को आदर्श प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेपश्चात संस्थाको टिम वडा नं. २ मा रहेको हिमालय प्राथमिक विद्यालयमा पुगेको थियो । वडा नं. २ का अध्यक्ष भीमबहादुर नेम्बाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा हिमालय प्राथमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर माबोले विद्यालयको पठन पाठनमा सहज बनाउनका लागि गोपाल गौरी दिगो विकास प्रतिष्ठानले खेलेको भूमिकाबारे खुलेरै प्रशंसा गर्नुभयो । विद्यार्थीहरुका लागि प्रतिष्ठानले जाडोको समयमा वितरण गरेको कपडाले वालवालिकाहरुलाई पठन पाठनमा सहयोग पुगेको कुरा उल्लेख गर्दै वडा नं. २ का वडा सदस्य यामबहादुर राईले आगामी दिनमा समाज रुपान्तरणका लागि संस्थाको कदम थप वढेर जाने विश्वास ब्यक्त गर्नु भयो । मानिसले सन्तान गुमाउँदाको पीडा मात्र होइन परिवारका सम्पूर्ण सदस्य गुमाउँदा पनि निडर भएर समाज सेवामा तल्लिन इन्दिरा शर्माले झापाली समाजको रुपान्तरणमा गरेको योगदान अतुलनीय रहेको छ । परिवार उजाडिएर एक्लिए पनि समाजमा देखिएका समस्या समाधानमा इन्दिरा शर्माको अटल साहस सवैको प्रेरणा वन्नुपर्नेमा शिवसताक्षी नगरकार्यपालिका सदस्य कुमार राईले जोड दिनुभयो । केन्द्रीय अध्यक्षसँगै गोपाल गौरी दिगो विकास प्रतिष्ठानमा आवद्ध आजिवन सदस्यहरुसहितको टिम एकजुट भएर अध्यक्षको योगदानमा कुनै संझौता नगरी जुट्ने गर्नुभएको छ । हिमालय प्राथमिक विद्यालयमा विपन्न साथै पिछडा वर्गका नागरिकहरुका छोराछोरी पठन पाठन गर्ने गरेको कुरा उल्लेख गर्दै अध्यक्षले गर्नु भएको कामको वडा नं. २ का अध्यक्ष भिमबहादुर नेम्बाङले प्रशंसा गर्नु भयो । आफ्ना परिवारका सम्पूर्ण सदस्यहरु गुमाएर विक्षिप्त अवस्थामा पनि शर्माले आफ्नो सम्पूर्ण जायजेथा गोपाल गौरी दिगो विकास प्रतिष्ठानमा सुम्पिनु भएको छ । संस्थाका लागि आफ्नो सारा जीवन समर्पित गर्दै दुःखमा परेका नेपालीहरुलाई सहयोगका कार्यक्रम लिएर ग्रामिण क्षेत्रमा पुग्नु भएकी शर्माले हिंसामा परेका महिलाहरु साथै घर भन्दा वाहिरको संसार नदेखेका थुप्रै महिला दिदिवहिनीहरुलाई सिपमूलक तालिम प्रदान गर्दै जीवनयापनमा सहजता थप्नु भएको छ । हरिवोधनी एकादशीका दिन आफ्ना दुई छोराहरु एकै पटक गुमाउनुभएकी अध्यक्षले पून्य तिथि पारेर गरेको न्यानो कपडा वितरण गर्ने दुईवटै कार्यक्रम संस्थाका झापा जिल्ला अध्यक्ष भद्रदुमी राईले सञ्चालन गर्नु भएको थियो भने झापा शाखा उपाध्यक्ष भगवती गुरागाईले स्वागत गर्नु भएको थियो । साथै दुवै कार्यक्रमको अध्यक्षता संस्थाकी केन्द्रीय अध्यक्ष शर्माले गर्नु भएको थियो । साथै सो अवसरमा हिमालय प्राथमीक विद्यालको तर्फ वाट प्रतिष्ठानलाई कदर पत्र प्रदान गरेको थियो । आफ्ना परिवारका सम्पुर्ण सदस्यहरु गुमाइएर विछिप्त अवस्थामा पनि शर्माले आफ्नो सम्पुर्ण जायजेथा गोपाल गौरी दिगो विकास प्रतिष्ठानमा सुम्पिनु भएको छ । संस्थाका लागि आफ्नो सारा जिवन समर्पित गर्दै दुःखमा परेका नेपालीहरुलाई सहयोगका कार्यक्रम लिएर ग्रामिण क्षेत्रमा पुग्नु भएकी शर्माले हिंसामा परेका महिलाहरु साथै घर भन्दा वाहिरको संसार नदेखेका थुप्रै महिला दिदिवहिनीहरुलाई शिप मुलदक तालिम प्रदान गर्दै जिवनयापनमा सहजता थप्नु भएको छ ।
सम्बन्धित खबर