बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

भिड जम्मा गरेर जबरजस्त दोषी करार गर्न खोजियो वडा अध्यक्ष नरेन्द्र भट्टराई

शुक्रवार, मंसिर ८, २०८०
दमक, झापाको कमल ६ का अनिल कार्कीको मृत्युप्रकरणमा पक्राउ परेका सो वडाका वडाध्यक्ष नरेन्द्र भट्टराईलाई हुलहुज्जत गरेर दोशी करार गर्न खोजेको भन्ने स्पोष्टोक्ती दिनुभएको छ । यस बिषयलाई लिएर सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो प्रतिकृया दिनुभएको हो । आत्महत्या दुरुत्साहनको मुद्धामा कार्कीका आफन्तले जबरजस्ति किटानी जाहेरी दिएपछि वडाध्यक्ष भट्टराईलाई अदालत वाट ८० हजार रुपैयाँ धरौटी मागेको थियो । कमल ६ स्थायी घर भई जिल्ला वन कार्यालय पाँचथरमा कार्यरत कार्की गएको दशैं बिदामा घर आएको समयमा महानवमीको दिन पारिवारिक विवाद हुँदा उनले दशैंको अन्तिम दिन आत्महत्या गरेका थिए । कार्कीका बहिनी, मामा लगायत उनका शुभचिन्तकहरुले कार्कीले न्याय नपाई मर्नु परेको भन्दै न्यायको मागसहित दमकमा उनको शवसहित प्रदर्शन गरेका थिए भने इलाका प्रहरी कार्यालय दमकमा उनीहरु विरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले वडाध्यक्ष भट्टरार्ईसहित घटनामा जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने प्रतिवद्धता गरेपछि मात्रै कार्कीको शव जिम्मा बुझेका थिए । अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत पोष्ट गर्नु भएको भनाई जस्ताको तस्तै ः  आदरणिय आमा,बुबा,दाजु,भाइ,दिदी,बहिनी,साथै सम्पुर्ण जनसमुदायहरू एउटा जनप्रतिनिधिबाट वार्डको बिकास निर्माण,समाजमा आईपर्ने समस्या समाधान को अपेक्षा सम्पुर्ण वार्ड बासी जनसमुदायले लिएको हुन्छ र सोहि जिम्मेवारी पूरा गर्ने प्रणकासाथ जनप्रतिनिधि लागि परेको हुन्छ। एउटा जनप्रतिनिधिलाई समस्या परेको स्थानमा बोलाउंदा नगएमा मातिएको भन्ने आरोप लाग्ने गएमा गल्ति गर्नेलाई गल्ति किन गरेको भनेर सम्झाउंदा मेरो घरमा किन आईस अरूको घरमा श्रीमान श्रीमतीको झगडामा किन जानू भन्ने जस्ता आरोप लगाउने चलन देखियो। आज म नरेन्द्र भट्टराईको सवालमा अनाबस्यक बनिबनाउ कुरा गरेर जति भ्रम फैलाउने कार्य गरियो म पनि बिबेक गुमाएको मानिस हैन कि अनाहकमा कसैमाथि हातपात गर्दै हिड्नलाई। आज मेरो राजनितिक करियर सिध्याउन जुन तरिकाले राजनिति गरियो भोलि समाजमा आउने समस्यालाई सम्पुर्ण जनप्रतिनिधिले कसरी ह्यान्डलिङ गर्ने? वाक स्वतन्त्रता छ भन्दैमा सत्य तत्थ्य नबुझि कसैको चरित्र हत्यासम्म हुनेगरि बोल्ने मानिसहरूको स्वयंका दिदी बहिनीहरू पनि होलान कि वहांहरूको आफ्नो चरित्र त्यस्तोहोला तर मेरो बारेमा फैलाएका भ्रमका पछि कुनै सत्यता नरहेको र चाहना पोख्रेल मेरो काकाकी छोरी बहिनी भएकाले यस्ता वाहियात कुरा गर्नेले एक पटक सोच्नुहुन पनि अनुरोध गर्दछु।अनि हाम्रो पित्रिसतात्मक समाजमा श्रीमानले श्रीमतीलाई जतिनै भौतिक आक्रमण गरे पनि श्रीमान श्रीमतीको झगडा हो यस्तो हुन्छ भन्दै बस्नु पर्ने र श्रीमतीले पाएको यातनाका बारेमा बोल्नु हुदैन भन्ने मानसिकता हाम्रो समाजको केही अराजक तत्वहरूको देखियो यस्तो अवस्थामा समाज बिकास कसरी होला? एउटा ब्यक्ति उसका बिबिध समस्यालाई समाधान गर्न नसकेर आत्महत्या गर्छ अनि समाजका केही तत्वहरू कसैको राजनिति समाप्त पार्न राजनिति गर्छन? यदि समाज बिकास र सामाजिक ब्यक्तित्व बन्ने हो भने समाजमा राम्रो कार्य गरेर आफ्नो करियर बनाउनुहोस न कि अरूलाई समाप्त गरेर । अन्त्यमा कानुन सबैले पालना गर्नु पर्छ र कानुनले दोषी र निर्दाेष साबित गर्छ दोषीले कारबाहि भोग्नु पर्छ निर्दाेषलाई भिड जम्मा गरेर दोषी करार गर्न खोजेर हुदैन ।
सम्बन्धित खबर