बुधवार, असोज ३०, २०८१
Sancharmanch

फुटबल (झापा लिग)मा सहभागी खेलाडीहरुलाई बिर्तामोडबाट विदाइ

शुक्रवार, मंसिर ८, २०८०
बिर्तामोड । अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल (झापा लिग)मा सहभागी हुने खेलाडीहरुलाई बिर्तामोडबाट विदाइ गरिएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा भएको एक संक्षिप्त कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले खादा लगाएर विदाइ गर्नु भयो। कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले प्रतियोगिताको टाइटल जितेर आउन शुभकामना दिनुभयो । नगरपालिकाले खेलाडीहरुलाई सिमित स्रोत साधनमा भएपनि सहयोग तथा प्रोत्साहन गरिरहेको बताउनु भयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले प्रतियोगिता प्रतिष्ठाको विषय भएकोले जितेर आउन खेलाडीहरुलाइ शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा टिम क्याप्टेन विक्की चौधरी र प्रशिक्षक योगेश गुरुंगलाई नगर प्रमुख प्रसाई र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जर्सी हस्तान्तरण गर्नु भयो । विदाई कार्यक्रममा नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायतको उपस्थिति रहेको थियो । नगर खेलकुद विकास समितिकी उपाध्यक्ष आइतमाया शेर्माले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव विसन लिम्बुले सन्चालन गर्नु भएको थियो । बिर्तामोडले आज हल्दिबारीसंग पहिलो खेल खेल्दै छ ।
सम्बन्धित खबर