बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाली सेना र स्थानीयबासीको जग्गा स्वामित्वविवाद समाधानगर्न पहलगर्ने सभामुखको प्रतिबद्धता

मङ्गलवार, मंसिर ५, २०८०
झापा— सभामुख देवराज घिमिरेले अर्जुनधारा १ मा रहेको ९३५ बिगाह ८ कठ्ठा जग्गामा स्थानीयबासी र नेपाली सेनाबीचको जग्गा स्वामित्वविवादअन्त्यगर्न पहलगर्ने प्रतिबद्धता जनाउनुभएको छ । अर्जुनधारा १ स्थित साधुटारमामंगलबार बिहान स्थानीयबासीसँग छलफल गर्दै सभामुख घिमिरेले स्वामित्वविवाद टुंगोमापुग्नुपर्ने बताउनुभयो । “यहाँको जग्गाविवादबारे म जानकार नै छु,”उहाँले भन्नुभयो, “जुनसुकै विकल्पमापनिअबविवाद समाधान हुनुपर्छ ।” अर्जुनधारा १ मा रहेको ९३५ बिगाह ८ कठ्ठा नेपाली सेनाले आफ्नो स्वामित्वदाबीगर्दै आएको छ । मन्त्रिपरिषदबाट नै स्वामित्व सेनालाई दिएको भन्दै त्यहाँ रहेकाअव्यवस्थिततथा सुकुम्बासीलाई जग्गाखालीगर्न भनिएको स्थानीयको भनाइ छ । सभामुख घिमिरेले इतिहास र तथ्यकाआधारमा सौहार्दपूर्ण समझदारी गर्दै निष्कर्षमापुग्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्थानीय नेताहरुले पटक पटकविवादअन्त्यकालागिपहलभएपनि समाधानहुननसकेको बताएका छन् । अर्जुनधारा नगरपालिकाकाउपप्रमुख खड्गमाया पराजुली, एमालेका रामप्रसादनिरौला, माओवादी केन्द्रकाविजयएक्तेन, राप्रपाका हेम चापागाईं, स्थानीय सामुदायिकवनकाअध्यक्षचन्द्र प्रसाईंलगायतले पनिजनताको उठीबास लगाएर सेनालाई जग्गाउपयोग हुनदिननसकिने धारणा राखेकाथिए ।
सम्बन्धित खबर