बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सभामुखका स्वकीय सचिव ढुङ्गेलद्वारा ४० लाखको काम निशुल्क सम्पन्न

मङ्गलवार, मंसिर ५, २०८०
आवधिक नगर विकास योजना तयार पारि सभामुख देवराज घिमिरेका स्वकीय सचिव केशव राज ढुंगेलद्वारा अर्जुनधारा नगरपालिकालाइ हस्तान्तरण गर्नुभएकोे छ । अर्जुनधाराका स्थानिय हाल सभामुख घिमिरेको सचिवालयमा कार्यरत केशवराज ढुङ्गेलले तयार पारेको आवधिक नगर विकास योजना हस्तानतरण गरिएको हो । सोमबार नगरपालिकाको सभाहलमा भएको एक समारोहमा कार्यक्रमका पमुख अतिथि देवराज घिमिरे साथै योजना तर्जुमाका सहजकर्ता ढुङ्गेलले उक्त पुस्तक नगर प्रमुख बलदेव सिंह गोम्देनलाई हस्तानतरण गर्नुभएको हो । अर्जुनधारा नगरले प्रत्येक बर्ष आवधिक योजनाकालागि बजेट बिनियोजन गर्दै आएको भए पनि काम हुन नसकेको नगर प्रमुख गोम्देनले जानकारी दिनुभयो । योजना निर्माणकालागि नगरले ४० लाख रुपैंया बजेट विनियोजन गरे पनि योजनाकार ढुंगेलले नगरलाई निशुल्क उक्त आवधिक योजना निर्माण सम्पन्न गरी प्रदान गर्नुभएको हो । नगरले निर्धारण गरेको बजेट अन्य विकास निमार्णका काममा खर्चिन समेत सहजकर्ता ढुङ्गेलले आग्रह गर्नुभएको छ । आफु नगरबासी भएको हैसियतले सामाजिक उत्तरदायित्व वहन गर्दै योजना तयार गरी नगरलाई प्रदान गरेको उहाँले बताउनुभयो । अर्जुनधारा नगरपालिकाको परिकल्पना, लक्ष, उदे्श्यहरु, रणनीति र कार्यनीतिको निर्माण, पालिकाका सवल पक्षहरु, सुधार गर्नुपर्ने पक्षहरु, अवसरहरु र चुनौतीहरुको विश्लेषण, विषयगत समितिको नेतृत्वमा लक्ष, उदे्श्यहरु, रणनीति र कार्यनीतिहरुको निर्माण र विषयगत समितिहरुको सोच, लक्ष लगायतका बिषय बस्तु आवधिक योजनामा समेटिएको सहजकर्ता ढुङ्गेलको भनाई छ । उहाँले अर्जुनधाराको भौतिक पूर्वाधारको विकासलाई व्यवस्थित गर्न, रोजगारीका अवसरहरु सृजना गर्न र कृषि पेशालाई सम्मानित पेशाको रुपमा रुपान्तरण गर्न बृहत, दिर्घकालिन र व्यवस्थित योजना तर्जुमाको खाँचो महशुस गरेर नगरलाई आवधिक योजना निशुल्क तयार पारिदिएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, खेलकुद, रोजगारी लगायतका बिषय योजनामा समेटिएका छन् । त्यस्तै नगरप्रमुख गोम्देनले नगरले आवधिक योजनाकालागि छुट्याएको बजेटले शनिश्चरे बजारमा अत्याधुनिक सुविधा समपन्न शौचालय निमार्ण गरिएको बताउनुभयो । नगरलाई निशुल्क योजना सहितको पुस्तक हस्तातरण गरेको प्रति नगर प्रमुख गोम्देनले ढुङ्गेलप्रति आभार सहित उहाँको प्रशंसा समेत गर्नुभएको छ ।
सम्बन्धित खबर