बुधवार, असोज ३०, २०८१
Sancharmanch

टोल स्तरीय नकआउट ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

आइतवार, कार्तिक २६, २०८०
झापाको विर्तामोड नगरपालिका वडा नं. १ खेलकुद समितिले टोल स्तरीय नकआउट ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिता विर्तामोड नगरपालिका वडा नं. १ पञ्चकन्यामा रहेको डाइनामिक क्लवद्वारा निर्माण गरिएको कवोर्डहलमा आयोजना गरिएको हो । उद्घाटन सत्रमा वडाध्यक्ष अग्निप्रसाद पाण्डेले ब्याट र कक रेफ्री चाणक्य पाठकलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले आर्थिक वर्ष २०८०/०८१ का लागि वडा खेलकुद समितिले पहिलो कार्यक्रम स्वरुप प्रतियोगिताको आयोजना गरेको बताउनुभयो । वडा खेलकुद समितिका अध्यक्ष केशव पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष पाण्डे प्रमुख अतिथि रहनुभएको थियो । वडा खेलकुद समितिले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो । कार्यक्रम आयोजनाको वारेमा प्रष्ट पार्दै खेलकुद समितिका अध्यक्ष पोखरेलले खेलकुद समितिवाट यस भन्दा अगाडि पनि खेलकुद सम्बन्धी सामग्री वितरण गरेको वताउनुभयो । विर्तामोड नगरपालिका वडा नं. १ वाट खेलकुद विकासका लागि विनियोजन भएको रु ८० हजार रकमबाट कार्यक्रमको आयोजना गरिएको हो । प्रतियोगितामा उन्नति टोलबिकास संस्थाको टिम प्रथम, कालिका पन्चकन्या टोल बिकास संस्थाको टिम द्वितीय र देबी पन्चकन्या र कालिका टोल बिकास संस्था गरी दुईवटा टिम त्रितीय भएको थियो । प्रथम, द्वितीय र त्रितीय हुने टिमले क्रमसः रु १५ हजार, १० हजार, ५ हजारसँगै मेडल र ट्रफी हात पारेको थियो । ब्याडमिन्टन प्रतियोगिताका संयोजक जनक खड्काले स्वागत गरेको कार्यक्रम रोहित भट्टराईले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर