बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

उज्यालो परिवर्तन समाज नेपालको जिल्ला ब्यापी शुभकामना आदान प्रदान कार्यक्रम

बिहिवार, कार्तिक २३, २०८०
झापाको विर्तामोड नगरपालिकामा स्थापना भएको गैरनाफामुलक सामाजिक संस्था उज्यालो परिवर्तन समाज नेपाललले सुभकामना कार्यक्रमको आयोजना गरेको छ । बुधवार संस्थाका सलहकारसहित सम्पुर्ण पदादिकारीहरुको टोली सर्वप्रथम जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख शिवराम पोख्रेलको कार्यकक्षमा पुगेर सुभकामना आदान प्रदान गरेको संस्थाका सचिव पुष्प पाठकले जानकारी दिनुभयो । त्यसै गरी सशस्त्र प्रहरी बेस क्याम्प चन्द्रगडिका एस पि देबराज अर्यालको कार्यकक्षमा पुगेर शुभकामना आदान प्रदान गरेको संस्थाले, त्यस लगत्तै जिल्ला प्रहरी कार्यालय झापाका एस पि दुर्गा राज रेग्मीको कार्यकक्षमा पुगेर शुभकामना आदान प्रदान गरेको संस्थाका अध्यक्ष राम प्रसाद मैनालीले जानकारी दिनुभयो । त्यसैगरी बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको कार्यकक्षमा पुगेर शुभकामना आदान प्रदान कार्यक्रम सञ्चालन गरेको संस्थाका उपाध्यक्ष रमेश घिमिरेले वताउनुभयो । समाज रुपान्तरणका लागि सकारात्मक भुमिका निर्वाह गर्दै राज्यलाई निश्वार्थ रुपमा सहयोग गर्न स्थापना भएको उज्यालो परिवर्तन समाज नेपालले विभिन्न दातृ निकायहरुसँगको सहकार्यमा काम गर्ने संस्थाका सहसचिव कुमारसिं थलङ लिम्बुले सञ्चारमञ्चलाई जानकारी दिनुभयो ।
सम्बन्धित खबर