बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

केशलीया तटबन्ध सँगै सौन्दर्यीकरणका लागिप्रदेश सरकारले आवश्यकपहललिने

बिहिवार, कार्तिक २३, २०८०
विराटनगर ।कोशीप्रदेशकामुख्यमन्त्री केदार कार्कीले केशलीयानदीको तटबन्ध सँगै सौन्दर्यीकरणका लागि सरकारले आवश्यकपहलकदमीलिने बताएका छन् । आइतबार सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्रीकार्कीले विराटनगर बजार पश्चिम रहेको नदीको तटबन्धका साथै सौन्दर्यीकरणका लागिप्रथमिकत्ताका साथ बजेट विनियोजन गर्ने र संघ र स्थानीय सरकारबिच समन्वय गरी नमुनाएकीकृत योजनाको निर्माण गर्ने बताउनुभएको हो । विराटनगर महानगरपालिकादुहबीनगरपालिका, बुढीगंगा गाउँपालिका र बर्जु गाउँपालिकाकाप्रमुख, उपप्रमुखतथानदीले छोएका वडाका वडाध्यक्ष सहित स्विस सरकारका प्रतिनिधिहरुसंग वृहत् छलफल भएको हो । स्विस सरकारको सहयोगमा केशलीया तटबन्ध निर्माण लगायत सौन्दर्यीकरण कामको बृहत् गुरुयोजनातथाविस्तृत परियोजना प्रस्ताव स्विस सरकारको सहयोगमाभइरहेको छ । मुख्यमन्त्रीकार्कीले केशलीयानदीको एकीकृत विकाशले कोशीप्रदेश साझेदारीको पर्यटन तथा कृर्षिमा समेत टेवापुर्याउने भन्दै यसकालागि संघ प्रदेश र स्थानीय सरकार बिचको सहकार्य जरुरी रहेको बताउनुभयो । उहाँले नदीमानवजीवनसँगजन्मदेखि मृत्युसम्म जोडिएको हुनाले यसको संरक्षण सँगै सौन्दर्यीकरण गर्न सके आर्थिक लाभ समेत लिन सकिने बताउनुभयो । छलफल कार्यक्रममा स्विस सरकारका परामर्शदाता महेन्द्र सुब्बाले अहिलेसम्म भएकाकाम र बाँकीकाम सम्पन्न गर्न आइपर्ने चुनौतीकाबारेमाविस्तृत जानकारी गराउनुभएको थियो । उहाँले केशलीया कोरिडोरलाई अगाडि बढाउन प्रदेश सरकारले देखाएको चासो र स्थानीय सरकारहरूले देखाएको उत्साहले परिणाम ल्याउनेमाविश्वास व्यक्त गर्नुभएको छ । विराटनगर महानगरपालिकाका ४, ५, ६, ११, १२, १६ वडालाई छुँदै केशलीयानदी दक्षिण तर्फ बगेको छ भने बुढीगंगा गाउँपालिकाका २, ३, ४, बर्जु गाउँपालिकाका १, २, ३ लाई छुन्छ । कार्यक्रममाविराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, दुहबीनगरपालिकाका मेयर वेदनारायण गच्छदार, बुढीगंगा गाउँपालिकाकाअध्यक्षजितनारायण थापा मगर, बर्जु गाउँपालिकाकाअध्यक्ष जिवछ कुमार रायलगायतकापालिकाउपप्रमुखतथा वडाध्यक्षहरूको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर