गोपाल गौरीले जाजरकोट भेरीगंगा नगरपालिका वडा १ कालेगाउँका भुकम्प प्रभावितहरुका लागि राहत सामग्री वितरण गरेको छ ।

भुकम्प प्रभावितहरुका लागि जाडो छेल्ने ज्याकेट वितरण गरिएको हो ।

प्रभावित क्षेत्रका घरवार बिहिन ५० जना नागरिकहरुलाई पुग्नेगरी ज्याकेट वितरण गरिएको संस्थाकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माले जानकारी दिनुभयो ।

जाजरकोट स्थानिय जिल्ला अधिकारीको स्विकृति र स्थानिय सरकारको सहजिकरणमा वितरण गरिएको ज्याकेट सँग सँगै सेनिटरी प्याड ४० प्याकेट वितरण गरेको केन्द्रिय अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

एक लाख बरावरको सामग्र्री बितरण गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

संस्थाका आजिवन सदस्यहरुवाट जनही एक हजारकादरले संकलित रकम र बाँकी ६० हजार वढी रकम अध्यक्ष शर्मा स्वयमले लगानि गर्नु भएको संस्थाका कोषाध्यक्ष दामोदर सापकोटाले जानकारी दिनुभयो ।

थप राहत सहयोगका लागि रु एक दाख विस हजार बरावरको एकसय थान ज्याकेट वितरणको तयारी रहेको कोषध्यक्ष सापकोटाले वताउनुभयो ।

जस्का लागि अध्यक्ष शर्माको एकल प्रयास र लगानी रहेको समेत प्रष्ट पार्नुभयो ।