बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कालेगाउँका भुकम्प प्रभावितहरुका लागि गोपाल गौरीको न्यानो ज्याकेट

बुधवार, कार्तिक २२, २०८०
गोपाल गौरीले जाजरकोट भेरीगंगा नगरपालिका वडा १ कालेगाउँका भुकम्प प्रभावितहरुका लागि राहत सामग्री वितरण गरेको छ । भुकम्प प्रभावितहरुका लागि जाडो छेल्ने ज्याकेट वितरण गरिएको हो । प्रभावित क्षेत्रका घरवार बिहिन ५० जना नागरिकहरुलाई पुग्नेगरी ज्याकेट वितरण गरिएको संस्थाकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माले जानकारी दिनुभयो । जाजरकोट स्थानिय जिल्ला अधिकारीको स्विकृति र स्थानिय सरकारको सहजिकरणमा वितरण गरिएको ज्याकेट सँग सँगै सेनिटरी प्याड ४० प्याकेट वितरण गरेको केन्द्रिय अध्यक्ष शर्माले जानकारी दिनुभयो । एक लाख बरावरको सामग्र्री बितरण गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । संस्थाका आजिवन सदस्यहरुवाट जनही एक हजारकादरले संकलित रकम र बाँकी ६० हजार वढी रकम अध्यक्ष शर्मा स्वयमले लगानि गर्नु भएको संस्थाका कोषाध्यक्ष दामोदर सापकोटाले जानकारी दिनुभयो । थप राहत सहयोगका लागि रु एक दाख विस हजार बरावरको एकसय थान ज्याकेट वितरणको तयारी रहेको कोषध्यक्ष सापकोटाले वताउनुभयो । जस्का लागि अध्यक्ष शर्माको एकल प्रयास र लगानी रहेको समेत प्रष्ट पार्नुभयो ।
सम्बन्धित खबर