बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

ऊर्जाशील रामधुनी आमा समूहले रंगरोगन सहित मुक्तिचोमा फहरायो राष्ट्रिय झण्डा

बुधवार, कार्तिक २२, २०८०
झापाको विर्तामोड नगरपालिकामा स्थापना भएको ऊर्जाशील रामधुनी आमा समूहद्वारा बिर्तामोडको मुक्ति चोकको रंगरोगन गर्दै राष्ट्रिय झण्डा फराएका छन् । विर्तामोड नगरपालिकाको मुख्य चोकमा रहेको शालिकस्थल सजावट नगरमै स्थापना भएर सामाजिक काममा अग्रसर ऊर्जाशील रामधुनी आमा समूहले गरेको छ । मुक्ति चोकमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले आमा समूहले सामाजिक काममा देखाएको अग्रसरताको खुलेरै प्रशंसा गर्नु भयो । बुधवार एक कार्यक्रमको आयोजना गरेर चोकमा राष्ट्रिय झण्डा फहराइएको छ । कार्यक्रमका प्रमुख अतिथि विर्तामोड नगरपालिकाकी प्रमुख प्रसाईले राष्ट्रिय झण्डा फहराउनु भएको हो । नगरपालिकाले आफ्नो समूहलाई सकारात्मक सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि सहयोग हुने संस्थाले आशा गरेको समूहकी अध्यक्ष गंगा शिवाकोटी ढकालले वताउनुभयो । ऊर्जाशील रामधुनी आमा समूहले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ । मुक्ति चोकको सौन्दर्यीकरणका लागि समूहले ३० हजार रुपैयाँ भन्दा बढी रकम खर्च गरेको जनाएको छ । कार्यक्रमको सञ्चालन आमा समूहकी सचिव टिका प्रसाईले गर्नु भएको थियो ।
सम्बन्धित खबर