शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

उज्यालो परिवर्तन समाज नेपालले डोले राजवंशीलाई दियो ह्विल चियर

बुधवार, कार्तिक २२, २०८०
झापाको विर्तामोड नगरपालिका वडा नं. ५ मा स्थापना भएको सामाजिक संस्था उज्यालो परिवर्तन समाज नेपालले विर्तामोड नगरपालिका वडा नं. ९ मा रहेका अशक्त डोले राजवंशीलाई ह्विल चियर वितरण गरेको छ । डोले राजवंशी अपाङ्ग भएर हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका कारण मानव आश्रमले स्विकार नगरेको वडा अध्यक्ष हरि चौलागाईले वताउनुभयो । सामाजिक संस्था उज्यालो परिवर्तन समाज नेपाल स्थापना भएपछिको पहिलो कार्यक्रम स्वरुप डोले राजवंशीलाई ह्विल चियर वितरणको कार्यक्रम प्रभावकारी रहेको संस्थाका सल्लाहकार समितिका संयोजक सुवास भट्टराईले बताउनुभयो । राजवंशीको थप सहजताका लागि नगरका सम्पूर्ण सामाजिक ब्यक्तित्वहरुले चासो दिनुपर्नेमा उहाँको जोड थियो । समाज रुपान्तरको अभियानका लागि उज्यालो परिवर्तन समाज नेपालले सुरु गरेको कृयाकलाप अत्यन्तै सहरानीय रहेको छ । डोले राजवंशीको आवश्यकताका बारेमा जानकारी गराउँदै सेवा गर्ने मौका दिनुहुने सामाजिक ब्यक्तित्वहरुलाई धन्यवाद दिँदै संस्था सदैव मानव सेवामा समर्पित हुने संस्थाका अध्यक्ष रामप्रसाद मैनालीले बताउनुभयो । साथै सामाजिक सेवामा संस्थाले निस्वार्थ रुपमा काम गर्ने प्रतिवद्धतासमेत जाहेर गर्नु भयो । विर्तामोड नगरपालिका वडा नं. ८ मा रहेका अशक्त ब्यक्ति डोले राजबंशीको घर निर्माणका लागि विभिन्न सामाजिक अभियन्ता साथै संघसंस्था र स्थानीय सरकारले योगदान गरेका छन् । ह्विल चियर वितरण कार्यक्रमको संचालन संस्थाका सचिव पुष्प पाठकले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका सम्पुर्ण पदाधिकारी साथै समाजसेवी ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर