शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

थेवे, सुब्बा र मगर सर्बसम्मत

बुधवार, कार्तिक २२, २०८०
सतासीधाम २२ कात्तिक । झापा ४ मा नेपाली कांग्रेस महासमिति सदस्यको ११ पदमा १९ जनाको उम्मेदवारी परेको छ । यसमध्ये आदिवासी जनजाती महिला १ कोटामा सीता थेवे निर्विरोध निर्वाचित भएकी छन् । यसैगरी झापा क्षेत्र नं–२ मा राधा सुब्बा र झापा क्षेत्र नं–१ मा डम्बरकुमारी थापा मगर आदिबासी जनजाति महिलातर्फको निर्वाचनमा निर्विरोध निर्वाचित भएका छन् । खुला ५ कोटामा ९ जनाले उमेदवारी दर्ता गरेका छन् । पार्टीका झापा सभापति देउकुमार थेवे, शिवसताक्षी नगरका पूर्व सभापति पर्शुराम ढुंगाना, उत्तम चौलागाईं, किरण भट्टराई र एकराज उप्रेतीले महासमिति सदस्य पदमा मनोनयन दर्ता गराएका छन् । यस्तै सोही पदमा सीताराम भट्टराई, उत्तम सुवेदी, भीम राजवंशी र भक्ति सिटौलाले पनि उम्मेदवारी दर्ता गराएको निर्वाचन परिचालन समितिले जनाएको छ । यस्तै खस आर्यको एउटा कोटामा दुईजनाको उमेदवारी दर्ता भएको छ । पूर्व सामान्य प्रशासन मन्त्री तथा पार्टीका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीका स्वकीय सचिव खड्ग कार्कीले उमेद्वारी दर्ता गराएका छन् । कार्की संगै शिवसताक्षी ८ का चन्द्रमणि नेपालले पनि उमेद्वारी दिएका छन् । यता आदिवासी जनजाति एउटा कोटामा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । सामाजिक तथा पछिल्लो समय पार्टीमा सक्रिय भूमिकामा देखिएका मचिन्द्र शेर्मा, र सन्तोष कुमार मेन्याङ्बो ले उमेद्वारी दर्ता गराएका छन्  । खस आर्य महिला एक कोटा मा दुईजना महिला नेतृले उमेदवारी दिएका छन् । अन्जु थपलिया र देवीकुमारी ओलीले उमेदवारी दर्ता गराएका छन् । यस्तै महिला खुला दुई पदमा धनमाया चिमरिया, लक्खी गणेश र कविता बस्नेतको उमेदवारी दर्ता भएको छ । महासमिति सदस्य पदको निर्वाचन २३ गते कनकाई नगरपालिकाको उद्योग वाणिज्य संघको सभाहलमा हुने निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित खबर