बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापाको विर्तामोडमा उज्यालो परिवर्तन समाज नेपाल नामक गैरनाफामूलक सामाजिक संस्था स्थापना

आइतवार, कार्तिक १९, २०८०
झापाको विर्तामोडमा उज्यालो परिवर्तन समाज नेपाल नामक गैरनाफामूलक सामाजिक संस्था स्थापना भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर संस्था प्रारम्भ भएको घोषणा भएको हो । झापाको विर्तामोड नगरपालिका वडा नं. ५ मा मुख्य कार्यालय रहेर सामाजिक विकास र उन्नतिका लागि संस्थाले भूमिका खेल्ने जनाइएको छ । संस्थाको अध्यक्षमा रामप्रसाद मैनाली, उपाध्यक्ष रमेश घिमिरे, सचिव पुष्प पाठक, सहसचिव कुमारसिंह थलङ लिम्बु, कोषाध्यक्ष लिला श्रेष्ठ, सदस्यहरु रमाकान्त देव र मन्दिरा गौतम रहेको ७ सदस्सिय कार्यसमितिसँगै संस्थाका ७ सदस्सिय सल्लाहकार समितिको समेत सार्वजनिक गरिएको छ । जस अन्तर्गत समाजसेवी सुभाष भट्टराई, विर्तामोड ५ का अध्यक्ष रोहित प्रसाई, वडा नं. ४ का अध्यक्ष राहुल शर्मा, वडा नं. २ का अध्यक्ष किसोर पौडेल, प्रेम अधिकारी, समाजसेवी शैलेन्द्र सिटौला, समाजसेवी आशिष वन रहेका छन् । समाजमा व्याप्त कुसंस्कारको अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि संस्थाले कार्य गर्ने जनाइएको छ । झापा जिल्लाका विभिन्न पालिकाहरुवाट प्रतिनिधित्व गर्दै निर्माण गरिएको कार्य समितिवाट हाललाई जिल्लाका १५ वटै स्थानीय तहहरुमा सामाजिक गतिविधिहरु सञ्चालन गर्ने संस्थाले जनाएको छ । जस अन्तर्गत संस्था जिल्ला प्रसासन कार्यालय झापामा आधिकारीक रुपमा दर्ता सम्पन्न गरेपछि पहिलो पटक जिल्ला कारागार झापाका कैदीवन्दीहरुको स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिने समेत जनाइएको छ । कार्याक्रममा संस्थाका पदादिकारीहरुलाई प्रमाणपत्र वितरण साथै सल्लाहकारबाट शपथ ग्रहण गराइएको थियो । संस्थाका अध्यक्ष रामप्रसाद मैनालीले अध्यक्षता भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव पुष्प पाठकले गर्नु भएको थियो ।
सम्बन्धित खबर