बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

भेटेरीनरी अस्पताल तथा पशुविज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र झापाको कार्यक्रम सार्बजनिक

बिहिवार, कार्तिक १६, २०८०
केशव राज भण्डारी,  झापा / कार्य क्षेत्र झापा र इलाम रहेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र भद्रपुर र कृषि ज्ञान केन्द्र झापाले संयुक्त रुपमा आर्थिक वर्ष २०८०र०८१ का वार्षिक कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्ला समन्वय समिति झापाको सभाहलमा आयोजना गरिएको कार्यक्रम जिसस प्रमुख विश्वनाथ बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कृषि ज्ञान केन्द्र झापाकोतर्फवाट कार्यालय प्रमुख सागर विष्टले योजना तथा कार्यक्रमकोवारेमा प्रष्ट पार्नु भएको थियो । १९ वटा दरवन्दीसहित ५ वटा शाखावाट कार्य सम्पादन गर्ने गरेको ज्ञान केन्द्रको मल तथा माटो परीक्षण प्रयोगशाला शाखा भने झापाको कनकाई नगरपालिका स्थित सुरुङ्गा बजारमा रहेको छ । प्रदेश र संघ गरि कुल ८ करोड २४ लाख ६० हजार बजेटवाट कृषि ज्ञान केन्द्र झापाले दीर्घकालीन साथै अल्पकालीन कार्यक्रम सञ्चालन गर्ने कार्यालय प्रमुख विष्टले जानकारी दिनुभयो । झापा साथै इलाम गरि दुई जिल्लाका लागि सेवा प्रवाह गर्ने उद्धेश्यअनुरुप झापाको भद्रपुरमा कार्यालय स्थापना गरेर काम गर्दै आएको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तर्फवाट आर्थिक वर्ष २०८०र०८१ का लागि स्वीकृत कार्यक्रम कार्यालय प्रमुख शीतल भट्टराईले प्रस्तुत गर्नु भएको थियो । २ वटा जिल्लाको कार्यक्षेत्र रहेको विज्ञ केन्द्र अन्तर्गत १५ जना कर्मचारीको दरबन्दी रहेको छ । १५ जनाको दरबन्दी अनुसार ९ जना प्राविधिक हुनुपर्ने ब्यवस्था भए पनि ५ जना प्राविधकवाट दुई जिल्लामा सेवासहितको कार्यक्रम सञ्चालन गर्नु वाध्यता रहेको छ । आर्थिक वर्ष २०८०र०८१ मा प्रदेश र संघ गरी कुल ११ करोड ३९ लाख ९८ हजार बजेटवाट सञ्चालन गर्नु पर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख शीतल भट्टराईले जानकारी दिनुभयो । जिल्ला भरका पालिकाहरुमध्येवाट जनप्रतिनिधिहरुको एक्लो प्रतिनिधित्व गर्दै कार्यक्रममा विशेष अथितिको रुपमा कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल रहनु भएको थियो । सरकारले मिल्क पाउडरको आयात खोल्दा नेपालमा मिल्क होलिडेको समस्या निम्तिएको उल्लेख गर्दै नगर प्रमुख पोखरेलले कृषकको जनजिविकामा प्रभाव परेको उल्लेख गर्नु भयो । विगतदेखि कृषि विकासमा भएका प्रयास र उपलब्धिहरु परिणाममुखी हुन नसकेको कार्यक्रमका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो । भारतको उदाहरण दिँदै प्रमुख अथिति पोखरेलले रिसर्चमा आधारित कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो । झापाको कनकाई नगरपालिकाले कृषि विकासमा सञ्चालन गरेका कार्यक्रम तथा योजनाहरु प्रभावकारी रहेको कार्यक्रमका अध्यक्ष जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले वताउनुभयो । कृषि विकासमा राज्यको पोलिसि राम्रो नभएको उल्लेख गर्दै अध्यक्ष बरालले मुहनवाटै धमिलो पानी निस्केको हुँदा यस्को प्रभाव तल्लो स्तर सम्म पुगेको वताउनुभयो । कृषि ज्ञान केन्द्र झापा र कार्य क्षेत्र झापा र इलाम रहेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द झापाको कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्दका पशु चिकित्सक डा।रोशन दाहालले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्का, प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना झापाका प्रमुख रविन्द्र सुवेदी, विभिन्न पालिकामा कार्यरत पशु तथाकृषि शाखाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर