बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कोशीप्रदेशमा संयुक्त सरकारको आह्वान

सोमवार, कार्तिक १३, २०८०
झापा ।कोशीप्रदेशकामुख्यमन्त्री केदार कार्कीले कोशीप्रदेशमा संयुक्त सरकारका लागिआह्वान गर्नु भएको छ ।आइतबारनेपालीकांग्रेस झापाले आयोजना गरेको स्वागततथा सम्मानकार्यक्रममाबोल्दै मुख्यमन्त्रीकार्कीले सर्वदलीय सरकारको आह्वान गर्नु भएको हो । संविधानको सदुपयोग गर्दा पार्टीभित्रविद्रोह गरेको रूपमानबुझ्नआग्रहगर्दै उहाँले पार्टीका संस्थागत निर्णयहरूको पूर्ण पालनागर्दै पार्टीको नीति, सिद्धान्त र विचार अनुकूल रहेर मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपालीकांग्रेसका सांसदहरूले प्रतिपक्षीभएर पाँचवर्षसम्म संसद्को एक कुनामा बस्नुपर्ने अवस्था आएपछि संविधानको धारा १६८ (५) को अधिकार सदुपयोग गरेर आफू मुख्यमन्त्री बनेको बताउनुभयो । कोशीप्रदेशकापूर्व मुख्यमन्त्रीतथा नेपालीकांग्रेस कोशीप्रदेश समितिका सभापति उद्धव थापाले कानुनमन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नु भएकाकार्कीलाई मुख्यमन्त्रीको रूपमापाउनु पार्टी र कोशीप्रदेशकाजनताकालागिगौरवको विषयभएको बताउनुभयो । कोशीप्रदेशमाकुनै पनि पार्टीले बहुमतप्राप्त गर्ने स्थिति नहुँदा युद्ध मैदानमाउत्रिएर सकुशल फर्कनु र मुख्यमन्त्रीप्राप्त गर्नु पार्टीका लागिगौरवको विषयभएको थापाको भनाई छ । सबलझापाबनाउनअन्तर्राष्ट्रिय झापाली समाजले देखाएको भूमिकामहत्त्वपूर्ण झापा ।कोशीप्रदेशकामुख्यमन्त्री केदार कार्कीले सामाजिक र आर्थिक रूपमाझापालाई सबल र सक्षमबनाउनअन्तर्राष्ट्रिय झापाली समाजले देखाएको भूमिकामहत्त्वपूर्ण रहेको बताउनुभएको छ ।आइतबार बिर्तामोडमा आयोजितअन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्रीकार्कीले यस्तो बताउनुभएको हो । मुख्यमन्त्रीकार्कीले लगानीभित्र्याउनआवश्यक पर्ने कानुननिर्माण गर्दै सँगै हिँड्न प्रदेश सरकार तयार रहेको बताउँदै झापाली समाजलाई ‘डिजाष्टर टुरिजम’ को क्षेत्रमाभन्दापनिदिगो विकासका क्षेत्रमाकाम गर्न आग्रह गर्नुभयो । कार्यक्रमकावक्ताहरूले झापाको विकास र समृद्धिका लागिविभिन्नमुलुकमा रहेका झापालीमार्फत लगानीभित्र्याउनुपर्नेमा जोड दिएका छन् । समृद्ध झापानिर्माणमा विश्वभरि छरिएकाझापालीहरू एकजुट हुँदै अघि बढ्ने प्रतिबद्धता जनाएकाउनीहरूले आफूहरूको लगानी सुरक्षितहुनुपर्ने सर्त राखेका छन् । हालविश्वका ४० भन्दा बढी मुलुकमा रहेका नेपालीलाई जोड्दै अन्तर्राष्ट्रिय झापाली समाज गठन भएको र कुनै न कुनै माध्यमबाट झापाको विकासमालगानी गर्न आफूहरू तत्पर रहेको उनीहरूको भनाइथियो । समाजको महाधिवेशनकाअवसरमाशान्तिनगर स्वास्थ्य चौकी र महाभारा स्वास्थ्य चौकीलाई एक÷एकथानएम्बुलेन्स उपलब्ध गराइएको थियो । जसको चाबीमुख्यमन्त्रीकार्कीले हस्तान्तरण गर्नुभयो । फोटोहरु एट्याज छन् ।  
सम्बन्धित खबर