बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

‘ १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ’ हुने

आइतवार, कार्तिक १२, २०८०
निराज रानाभाट, ललितपुर । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना पुष्प विकास केन्द्रको सह - आयोजना र कृषि पुर्वधार विकास तथा कृषि यान्त्रीकरण प्रबर्द्धन केन्द्रको सहयोगमा यस वर्ष पनि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको हो । ‘ रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि ’ भन्ने मूल नाराका साथ हुन लागेको ‘ १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी - २०८० ’ ललितपुरको जावलाखेल खेल मैदानमा कार्तिक १४ गतेदेखि १८ गतेसम्म ५ दिन चल्ने फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार मेलामा विभिन्न नर्सरीहरुद्वारा उत्पादित गोदावरी फूलको ( पट भेराईटी ) इन्कर्भ वा इन्टर मिडियट, रेफ्लेक्स, स्पाईडर र मिनियचर बिधामा प्रतियोगिता गराई प्रथम, दोस्रो र तेस्रो हुने नर्सरीलाई पुरस्कृत गरिने छ । साथै गोदावरी फूलको कट फ्लावर बिधामा समेत प्रतिस्पर्धा गराई उत्कृष्ट हुने गोदावरी फूलका कट फ्लावर उत्पादकलाई पुरस्कृत गरिने छ । त्यस्तै, हरेक दिन मेला अवलोकनकर्ताहरु मध्ये लक्की ड्र मार्फत विजेता हुन सफल १ जनालाई आकर्षक पुरस्कार उपलब्ध गराइने बताइएको छ । विभिन्न नर्सरीहरुको उत्पादन सहित एकै थलोमा जमघट हुने, विभिन्न प्रकारका फूल बिरुवाहरुको प्रदर्शनी तथा बिक्री हुने, गोदावरी फूलको शौखिन, संकलन कर्ता र व्यवसायीहरुबीच गोदावरी फूलको विविधता बारे सूचना आदान प्रदान हुने फ्लोरिकल्चर एशोसिएसन नेपालको दाबी छ । बिहान ०९:०० बजेदेखि साँझ ०५:०० बजेसम्म चल्ने मेलामा पूष्प सम्बन्धि वीउ वीजन, मल, विषादी, औजार उपकरण तथा पुष्प व्यवसायको आधुनिक खेती प्रविधि बारे जानकारी समेत दिइने बताइएको छ ।
सम्बन्धित खबर