बिहिवार, साउन १०, २०८१
Sancharmanch

चौंथो वडा स्तरीय नकाउट फुटबलको उपाधि बिर्तामोड १० लाई

शुक्रवार, कार्तिक ३, २०८०
बिर्तामोड । झापाको बिर्तामोडमा सम्पन्न चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड वडा नम्बर १० ले जितेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा आज भएको फाइनल खेलमा विर्तामोड वडा नम्बर ५ लाई २–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड–१० ले उपाधि उचालेको हो । उपाधि जितेसंगै बिर्तामोड १० ले नगद १ लाख, मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गरेको छ ।बिर्तामोड–१० लाई उपाधि दिलाउन सौरभ लिम्बूले खेल सुरु भएको ५ औं मिनेट पहिलो गर्दै टिमलाई १–०को अग्रता दिलाएका थिए । निर्धारित ६० मिनेटको खेलको पहिलो हाफमा अन्य कुनै स्कोर हुन सकेन् । खेलको ३३ औं मिनेटमा पाल्देन गुरुङले थप एक गोल गर्दै बिर्तामोड–१० लाई २–० गोल को अग्रता दिलाए । बिर्तामोड–५ ले भने ४२ औं मिनेटमा एक गोल फर्काउन वाहेक अन्य गोल थप्न सकेन । बिर्तामोड ५ का लागि सुजन वि.क.ले एक गोल गरेका थिए । प्रतियोगिताको उपविजेता बनेको बिर्तामोड–५ ले नगद ५० हजार, मेडल, ट्रफी तथा प्रमाण–पत्रमा चित्त बुझाएकोे छ ।प्रतियोगिताको‘म्यान अफ दी सिरिज’को पुरस्कार बिर्तामोड १० का सौरभ लिम्बूले हात पारे । उनले ट्रफी र नगद १३ हजार १ सय पाए । उनलाई आयोजक समितिको तर्फबाट नगद ५ हजार, जिवन विकास लगुवित्त सस्था बिर्तामोडको तर्फबाट ५१ सय र झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङदेनको तर्फबाट नगद ३ हजार प्रदान गरिएको थियो ।त्यस्तै प्रतियोगितामा उदयीमान खेलाडीको पुरस्कार बिर्तामोड ५ का बिक्रम तामाङले हात पारे । उनलाई ट्रफी र प्रवासी नेपाली मञ्च न्युयोर्क सिटीका अध्यक्ष सूर्य लिङ्देनले नगद ५ हजार हस्तनान्तरण गर्नुभएको थियो । फाइनल खेलको ‘म्यान अफ दी म्याच’को पुरस्कार बिर्तामोड १० का अविशेक गुरङले हात पारे । उनले नगद २५ सय पुरस्कार पाए । उनलाई आयोजकको तर्फबाट १५ सय र यूवा व्यवसायी दिपेन चौधरीको तर्फबाट नगद १ हजार प्रदान गरिएको थियो ।प्रतियोगिताका विजेता र उपविजेता लगायतलाई आयोजक बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरी, जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, वडाअध्यक्षहरु राहुल शर्मा र रोहित प्रसाई, आयोजक समितिका उपाध्यक्षहरु सन्तोष गुरुङ र आईतमाया शेर्मा लगायतले पुरस्कार तथा मायाको चिनो प्रदान गर्नुभएको थियो । बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव विशम लिम्बूले संचालन गर्नुभएको प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महत्तारा प्रसाई, जिल्ला खेल्कुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी र झापा गोल्डकपका अध्यक्ष तथा एन्फाका सदस्य विनोद बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सम्बन्धित खबर