बुधवार, असोज ३०, २०८१
Sancharmanch

बिर्तामोड–१० फाइनलमा

बिहिवार, कार्तिक २, २०८०
झापा । बिर्तामोड–१० चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा आज भएको प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा बिर्तामोड २ विरुद्ध ५–० गोल अन्तरको फाराकिलो जित निकाल्दै बिर्तामोड–१० फाइनलमा प्रवेश गरेको हो ।   बिर्तामोड–१० लाई जित दिलाउन सौरव लिम्बूले ह्याट्रिक गरे । पहिलो हाफको ९औं मिनेटमा पहिलो गर्दै टिमलाई अग्रता दिलाएका लिम्बूले खेलको १९ औं मिनेटमा दोस्रो गोल गरे । निर्धारित ७० मिनेटको खेलमा लिम्बूले ५८ औं मिनेटमा व्यक्तिगत तेस्रो तथा टिमकालागि चौथो गल गर्दै ह्याट्रिक पुरा गरे ।   बिर्तामोड–१० का लागि अभिषेक गुरुङले थप दुई गोल गरे । उनले खोलको ४२ औं मिनेटमा पहिलो गोल गरेका थिए । ५८ औं मिनेटमा थप एक गर्दै गुरुङले टिको अग्रतालाई ५–० बनाएका थिए । बिर्तामोड–२ ले भने खेलमा सान्तवना गोल समेत फर्काउन सकेन् । खेल अवधिभर स्कोर गर्ने प्रयास गरेपनि विपक्षी बाधक बन्दा सफल हुन सकेन् । खेलमा बिर्तामोड २ का नविन वि.क.ले ४१ औं मिनेटमा र विपिन लिम्बूले ६५ औं पहेँलो कार्ड पाएका थिए । बिर्तामोड–१० का लागि ह्याट्रिक गर्ने सौरव लिम्बू आजको खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । आयोजकको तर्फबाट नगद १५ सय र युवा व्यवसायी दिपेन चौधरीको तर्फबाट १ हजार गरेर उनले नगद २५ सय पुरस्कार पाए । उनलाई बिर्तामोड वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो । बिर्तामोड–१०ले अब कार्तिक २ गते हुने फाइनल खेलमा बिर्तामोड–५ संग प्रतिस्पर्धा गर्ने छ । यसअघि सोमबार भएको पहिलो सेमिफाइनलबाट बिर्तामोड ४ लाई २–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड ५ ले फाइनलमा स्थान बनाएको थियो । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैंया र मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गर्ने छ । प्रतियोगिताको फाइनलको दिन पत्रकार र कलाकारबिच मैत्रीपूर्ण खेल हुने आयोजक समितिका सचिव विशन लिम्बूले जानकारी दिनुभयो ।
सम्बन्धित खबर