बुधवार, असोज ३०, २०८१
Sancharmanch

बिर्तामोड–५ वडा स्तरीय नकआउट फुटबलको फाइनलमा प्रवेश

मङ्गलवार, असोज ३०, २०८०
झापा । बिर्तामोड वडा नम्बर ५ चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भइरहेको प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा बिर्तामोड वडा नम्बर ४ लाई २–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड–५ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेश गरेसंगै बिर्तामोड–५ ले कम्तिमा नगद ५० हजार सुरक्षीत गरेको छ । भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासंग बिर्तामोड–५ ले कात्र्तिक २ गते उपाधिका लागि फाइनलमा प्रतिस्र्धा गर्ने छ । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार पुरस्कार पाउने छ ।आजको खेलमा बिर्तामोड–५ लाई जित दिलाउन सजन वि.क. र रोशन बाहोराले एक–एक गरे । टिमका लागि दोस्रो हाफको ७ मिनेटमा सजन वि.क.ले पहिलो गोल गरे । एक शुन्य गोल अन्तरको अग्रता कायम गरेको बिर्तामोड–५ का लागि खेलको दोस्रो हाफको २६ औं मिनेटमा रोशन बोहोराले थप एक गोल गर्दे दुई शुन्यको अग्रता बनाए । बिर्तामोड–४ ले भने पेनाल्टीको मदतमा एक गोल गरेको थियो । दोस्रो हाफको इन्जुरी टाईममा पाएको पेनाल्टी प्रहारको सदुपयोग गर्दै टिम कप्तान रमेश गुरुङले एक गोल फर्काएका थिए । निर्धारित ६० मिनेटको खेलको पहिलो हाफ भने गोल रहित बराबरीमा सकिएको थियो ।आजको खेलमा बिर्तामोड–५ का रोशन बोहोरा ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद २५ सय पुरस्कार पाए । उनलाई बिर्तामोड वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा, आयोजक बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरी र युवा व्यवसायी दिपेन चौधरीले पुरस्कार प्रदान गर्नुभयो । आयोजकको तर्फबाट नगद १५ सय र चौधरीले १ हजार पुरस्कार दिनुभएको थियो ।प्रतियोगिताको फाइनल प्रवेशका लागि भोलि हुने दोस्रो सेमिफाइनलमा बिर्तामोड–२ र बिर्तामोड–१० बिच खेल हुने आयोजक समितिका सचिव विशन लिम्बूले जानकारी दिनुभयो । कात्तिक २ गते सम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैंया र मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गर्ने छ ।
सम्बन्धित खबर