बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

संघ, प्रदेश र स्थानीय तहको बेग्लाबेग्लै नीतिका कारण माछा ब्यापारमा समस्या सभापति थेवे

मङ्गलवार, असोज ३०, २०८०
विर्तामोड  । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले संघ, प्रदेश र स्थानीय तहको बेग्लाबेग्लै नीतिका कारण माछा ब्यापारमा समस्या देखिएको बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल माछा ब्यापार श्रमिक संघ झापाको चौथो जिल्ला अधिवेशन उद्घाटन समारोहलाई प्रमुख अतिथिको आशनबाट संवोधन गर्दै सभापति थेवेले क्वारेन्टाइनबाट ल्याव परीक्षण गरेर आयात गरिएका खानयोग्य माछा बेच्न संघीय कानूनले नछेक्ने भएपनि कतिपय पालिकाले त्यस विपरित नीति बनाउँदा माछा ब्यापारमा समस्या देखिएको बताउनुभएको हो । माछा ब्यापारमा देखिएका समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुहुँदै सभापति थेवेले संगठित हुन र पालिका तहमा देखिएका समस्या समाधानका लागि पार्टीका तहगत संरचनासँग समन्वयमा रहन समेत आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस झापाका सभापति यज्ञप्रताप अधिकारीले माछा ब्यवसायीहरु एकजुट नहुँदा केही पालिकामा क्वारेन्टाइन परीक्षण प्रमाणपत्र प्राप्त माछा ब्यापारमा समेत समस्या देखिएको बताउनुभयो । संगठित रुपमा समस्या समाधानमा लाग्न आह्वान गर्दै अध्यक्ष अधिकारीले सहजीकरणमा सहयोग गर्ने आश्वासन दिनुभयो । कार्यक्रममा विर्तामोड नगर सभापति भोजराज सिटौलाले नेपाल सरकारको कानून विपरित विर्तामोड नगरपालिकाले कानून बनाउँदा उपभोक्ताले आफ्नो रोजाइको माछा खान भारत वा अर्कै जिल्लामा जानुपर्ने बाध्यता रहेको बताउनुभयो । यसको अन्त्य गर्न नगरपालिकालाई उहाँले आग्रह समेत गर्नुभयो । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशका उपाध्यक्ष गंगाराम ओडारी, नेपाल कृषि श्रमिक संघ झापाका अध्यक्ष दीपक काफ्ले, इन्दु पूर्वेली लगायतले शुभकामना मन्तब्य राख्नुभयो । कार्यक्रममा शेरबहादुर राईले स्वागत गर्नुभएको थियो । अधिवेशनले  अर्जुन सहनीको नेतृत्वमा नयाँ समिति गठन गरेको निर्वाचन संयोजक जयकुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको उपाध्यक्षमा शान्तिदेवी मुखिया, सचिवमा मोहन शाह, सहसचिवमा शेरबहादुर राई, कोषाध्यक्षमा मेघु राय चयन हुनुभएको छ । समितिका सदस्यहरुमा राजु सहनी, शंकर सहनी, विमला राजवंशी, सुनिता सहनी र मुक्ति माझीलाई चयन भएका छन् । अधिवेशनले पूर्व अध्यक्षहरु छेदी सहनी र सोनालाल शाहलाई सल्लाहकारमा चयन गरेको छ ।
सम्बन्धित खबर