बुधवार, असोज ३०, २०८१
Sancharmanch

बिर्तामोड १० सेमिफाइनलमा प्रवेश

मङ्गलवार, असोज ३०, २०८०
झापा । बिर्तामोड वडा नम्बर–६ लाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर–१० चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा भइरहेको प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम क्वाटरफाइनलमा खेलमा बिर्तामोड–१० विजयी बन्यो । निर्धारित ६० मिनेटको खेलको पहिलो हाफमा भने दुवै टिमले गोल गर्न सकेन्न । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने बिर्तामोड ६ माथी बिर्तामोड–१० हावी भयो । दोस्रो हाफमा बिर्तामोड–१० लाई जित दिलाउन टिम कप्तान दिपेन राई र सौरव लिम्बूले एक–एक गोल गरे ।दोस्रो हाफको १३ औं मिनेटमा पहिलो गोल गर्दै दिपेनले टिमलाई अग्रता दिलाएका थिए । एक शुन्यले पछि परेको बिर्तामोड–६ ले बराबरी गर्ने प्रयास गरेपनि सफल हुन् सकेन् । दोस्रो हाफको २७ औं मिनेटमा सौरव लिम्बूले थप एक गोल गरेपछि बिर्तामोड–६ दुई–शुन्यले पछि पर्यो । ‘डि’ एरियामा बिर्तामोड–६ का खेलाडी त्रिपेश बस्नेतले फल्ड गरेपछि बिर्तामोड–१० ले पेनाल्टीको अवसर पाएको थियो । राजकुमार कन्दङ्वाले प्रहर गरेको पेनाल्टी बिर्तामोड–६ का गोल किप्परले बचाउ गरेका थिए । त्यस लगत्तै मैदानमा आएको बललाई सौरव लिम्बूले गरेको प्रहार भने गोल भएको थियो ।आजको खेलमा बिर्तामोड १० का कप्तान दिपेन राई ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद १५ सय पुरस्कार पाए । उनलाई बिर्तामोड वडा नम्बर ६ का वडाअध्यक्ष सूर्य प्रसाद कन्दङ्वाले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा भोलिबाट सेमिफाइनलका खेलहरु सुरु हुने छ । भोलि हुने पहिलो सेमिफाइनलमा बिर्तामोड ४ र बिर्तामोड ५ बिच खेल हुने आयोजक समितिका सचिव विशन लिम्बूले जानकारी दिनुभयो ।कात्तिक २ गते सम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैंया र मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गर्ने छ ।  
सम्बन्धित खबर