बुधवार, असोज ३०, २०८१
Sancharmanch

बिर्तामोड ८ लाई ४–२ गोलले पराजित गर्दै बिर्तामोड ४ सेमिफाइनलमा प्रवेश

आइतवार, असोज २८, २०८०
झापा । बिर्तामोड वडा नम्बर ८ लाई ४–२ गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर ४ चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा भइरहेको प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा बिर्तामोड ८ लाई पराजित गर्दै बिर्तामोड ४ विजयी बन्यो । बिर्तामोड ४ का लागि न्युटन लाम्गादेले २ गोल गरे । पहिलो हाफको ३१ औं मिनेटमा टिमका लागि पहिलो गोल गरेका लाम्गादेले दोस्रो हाफको ३२ औं मिनेटमा टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरे । बिर्तामोड ४ का लागि मलिन लिम्बू र बिशाल बस्नेतले एक–एक गोल गरे । दोस्रो हाफको १० औं मिनेटमा मलिन लिम्बू टिमका लागि दोस्रो र १६ औं मिनेटमा बिशाल बस्नेतले तेस्रो गोल गरेका थिए । बिर्तामोड ८ का लागि भने खेल सुरु भएको १ मिनेट ५० सेकेन्ड जादाँ सनम राईले पहिलो गोल गरेका थिए । खेलको सुरुमै गोल गरेको बिर्तामोड ८ ले पहिलो हाफको ३१ औं मिनेट सम्म अग्रता कायम राखेको थियो । ३१ औं मिनेटमा बिर्तामोड ४ का न्युटन लाम्गादेले गोल फर्काएपछि खेल बराबरीमा फर्कीएको थियो । दोस्रो हाफमा कम्जोर प्रदर्शन गरेको बिर्तामोड ८ ले ३ गोल खाँदा १ गोल मात्रै फर्काउन सक्यो । उसका लागि दोस्रो हाफको १९ औं मिनेटमा बर्दान मैनालीले थप एक गोल फर्काएका थिए । विजेता टोलि बिर्तामोड ४ का लागि २ गोल गर्ने लाम्गादे आजको खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद १५ सय पुरस्कार पाए । उनलाई बिर्तामोड वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीले पुरस्कार प्रदान गर्नुभएको थियो । कात्तिक २ गते सम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैंया र मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गर्ने छ । प्रतियोगिता अन्तर्गत भोलि हुने चौथोे क्वाटरफाइनल खेलमा बिर्तामोड १० र बिर्तामोड ६ बिच खेल हुने आयोजक समितिका उपाध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।
सम्बन्धित खबर