बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

शैदेन्द्र सिटौलाले विर्ताबजारमा रहेको दुर्गा मन्दिरको खानेपानीको भुक्तानी गरिदिने

शुक्रवार, असोज १९, २०८०
झापाको विर्तामोड नगरपालिका वडा नं। ३ का स्थानीय युवा उद्यमी शैलेन्द्र सिटौलाले आफ्नो जन्म दिनको अवसर पारेर आफ्नै वडाको विर्ताबजारमा पर्ने दुर्गा मन्दिरमा जडान गरिएको पिउने पानीको महसुल भुक्तानी गरिदिने हुनुभएको छ । विर्तामोड नगरपालिकामा रहेको विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको हालै भएको समितिको निर्वाचनमा भारी मतका साथ उपाध्यक्ष पदमा विजय हाँसिल गर्नुभएका युवा उद्यमी सिटौलाले आफू खानेपानी संस्थामा रहुन्जेल मन्दिरमा जडान गरिएको पानीको महसुल भुक्तानी गरिदिने हुनुभएको हो । समाजसेवी स्वर्गीय पर्शु सिटौलाका सुपुत्र शैलेन्द्रले बुबाले मन्दिर निर्माण समितिको संयोजकको पूर्ण कार्यकाल बिताएर मन्दिर निर्माणको काम पूर्ण गर्न नसके पनि आफ्नै खर्चमा मन्दिर परिसरका आम नागरिकहरुलाई बस्नका लागि समेत ट्रष्टको ब्यवस्था गरिसक्नु भएको छ । लामो समयदेखि पिउने पानीको बिल भुक्तानी रोकिँदा मन्दिरले तिर्न नसक्ने गरी बक्यौता रहेको सो मन्दिरमा जडान गरिएको पिउने पानीबाट त्यस क्षेत्रमा बसोवास गर्ने स्थानीयदेखि बाटो हिँड्ने नागरिकहरु साथै विद्यार्थीहरुका लागि समेत प्रभावकारी बनेको छ । मन्दिर परिसरमा उपभोग हुने शुद्ध पिउने पानीको २०८० असोज महिनादेखिको मासिक बिल भुक्तानी आफूले गर्ने सिटौलाले जानकारी दिनुभयो । बदलिँदो जमानासँगै युवाहरु विभिन्न लतमा फँसिरहेको सन्दर्भमा यस किसिमको सामाजिक काममा लाग्ने युवा कमै भेटिन्छन् । तर शैलेन्द्रको सामाजिक सेवाको मोह अत्यन्तै लोभलाग्दो रहेको छ । विर्तामोड ७ का स्थानीय सूर्यप्रसाद सिटौलाले शैलेन्द्रको यस प्रकृतिको कामले समाजमा सकारात्मक सन्देश दिएको बताउनु भयो । जन्मदिनमा साथीभाइसँग भेटघट र रमाइलो गरेर खर्च गर्ने भन्दा पनि मन्दिरमा जडान गरिएको पिउने पानीको बिल २०८० असोज १९ गतेदेखि आफू बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पदाधिकारी रहुन्जेल आफैं भुक्तानी गरिदिने निर्णय गरेको सिटौलाले बताउनुभयो ।
सम्बन्धित खबर