शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

अरिंगालले टोकेर झापामा एक महिलाको मृत्यु

शुक्रवार, असोज १९, २०८०
झापा, असोज १९ । अरिंगालले टोकेर झापामा एक महिलाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । अरिंगालले टोकेर बाह्रदशी गाउँपालिका– ५ नवकिरण टोल निवासी अन्दाजी ६० वर्षीया रामप्यारी भुर्तेलको मृत्यु भएको हो । अरिंगालले टोकेर मृतककी छोरी लक्ष्मी र ७ वर्षीय नाति घाइते भएका छन् । बिहीबार साँझ ५ बजे घर नजिकै घाँस काट्न जाँदा रामप्यारीमाथि अरिंगालको पुरै गोला खनिएको थियो । घाइते भएकी उनलाई उपचारका लागि बिर्तासिटी हस्पिटल बिर्तामोड लगिएको र उनको उपचारका क्रममा बिहीबार राति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार चिलले अरिंगालको गोला हानेको बेला उनी त्यही ठाउँमा घाँस काट्न पुगेकी थिइन् । घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको घरमै उपचार भइरहेको बाह्रदशी ५ नम्बरका वडा सदस्य जय तिम्सिनाले जानकारी दिनुभयो ।  
सम्बन्धित खबर