बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाल महिला संघको समिति विस्तार

बिहिवार, असोज १८, २०८०
विर्तामोड  । नेपाल महिला संघ झापाको क्षेत्रीय तदर्थ समिति विस्तार गरिएको छ । यसअघि जिल्ला समितिको बैठकको निर्णय अनुसार क्षेत्रस्तरमा खटाइएका जिल्ला पदाधिकारी एवं प्रतिनिधि र पार्टीको क्षेत्रीय समितिसँगको समन्वयमा झापाका पाँचवटै क्षेत्रमा समिति विस्तार गरिएको हो । नेपाल महिला संघ झापाका अध्यक्ष टिका सिटौला मैनालीको अध्यक्षतामा केन्द्रीय सदस्यहरु उमा शिवाकोटी र राधा कार्कीको उपस्थितिमा सम्पन्न जिल्ला समितिको बैठकले गठित समितिलाई अनुमोदन गरेको छ । जस अन्तरगत नेपाल महिला संघ झापा क्षेत्र नं–१ को अध्यक्षमा रचना घिमिरे चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा विष्णु राई, सचिव धनकला दाहाल थापा र कृष्णा खनाल, सहसचिवमा विनादेवी खनाल र कोषाध्यक्षमा सिता ढुङ्गाना रहनुभएको छ । यसैगरी नेपाल महिला संघ झापा क्षेत्र नं–२ को अध्यक्षमा मनु विश्वकर्मा चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा लक्ष्मी तिम्सिना र शोभा आचार्य, सचिव प्रभा पौडेल र पुर्णिमा सिटौला, सहसचिवमा सिता चुडाल सुवेदी, सरिता ओली र ज्ञानु थापा तथा कोषाध्यक्षमा शावित्रा ओडारी बाह्रकोटी चयन हुनुभएको संयोजक एवं नेपाल महिला संघ झापा सचिव उर्मिला ढकाल पोखरेलले जानकारी दिनुभयो । यसैगरी झापा क्षेत्र नं ३ को महिला संघ अध्यक्षमा उर्मिला गौतम चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा मेनुका भट्टराई दाहाल र भीमा दाहाल, सचिवमा शिला तामाङ र सबिना शर्मा लिम्बू र सहसचिवमा दुर्गा राई, नर्वदा अधिकारी  कोषाध्यक्षमा लक्ष्मी निरौला र धनकुमारी गुरुङ चयन हुनुभएको छ । यसैगरी झापा क्षेत्र नं ४ महिला संघको तदर्थ समितिको अध्यक्षमा पुष्पा प्रसाई चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा दुर्गा ओली र बेलवती राजवंशी, सचिवमा डा. ग्रिसा रावल र सहसचिवमा यामकुमारी प्रधान र पवित्रा पाण्डे, कोषाध्यक्षमा निर्मला बस्नेत चयन हुनुभएको छ । यसैगरी नेपाल महिला संघ झापा क्षेत्र नं ५ को तदर्थ समिति अध्यक्षमा गोमा बुढाथोकी चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा  कमला बास्कोटा, सचिवमा कल्पना थापा, सहसचिवमा सुशिला प्रसाई रहनुभएको छ । बैठकले केही समयका लागि नेपाल महिला संघ झापा उपाध्यक्ष शर्मिला अधिकारीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी पनि तोकेको छ ।
सम्बन्धित खबर