बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बस्नेतलाई परस्त्रीसंग आपत्तिजनक अवस्थामा आफ्नै श्रीमतीले भेटेपछि….

शुक्रवार, असोज १२, २०८०
झापा । झापाको अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत परस्त्रीसंग आपत्तिजनक अवस्थामा भेटिएका छन् । सामाजिक सञ्जालमा भाइरल भिडियोमा देखिएका मुकुन्द बस्नेतलाई आफ्नै श्रीमतीले परस्त्रीसँग जंगलमा भेटेपछि केहिबेर कुटाकुटसम्म भएको भिडियोमा देखिन्छ । कुनै सुनसान जंगल जस्तो देखिने स्थानमा देखिएका स्वास्थ्य शाखा प्रमुख बस्नेत र उनकी श्रीमती साथै अनुहार लुकाएर उभिएकी महिलाको अवस्था हेर्दा सामान्य देखिँदैन । बाटोको डिलमा स्कुटर लडेको साथै फुटेको अवस्थालाई नियाल्दा पनि अनुमान लगाउन सकिन्छ कि घटनाले ठूलै रुप लिएको छ । सार्वजनिक भएको भिडियोमा बस्नेतलाई एकजना महिलाले घाँटीमा समाएको र भुँइमा लडाएको प्रष्ट देख्न सकिन्छ । ती महिलाले प्रयोग गरेको भाषाबाट पनि अनुमान लगाउन सकिन्छ कि ती महिला शाखा प्रमुख बस्नेतकै श्रीमती हुन् । हाल यो घटनालाई ढाकछोप गर्न राजनितिक दवाव बढेको सुनिएको छ । साथै सो भिडियोलाई लिएर कारबाहीको माग गर्दै सामाजिक सञ्जालमा पोष्टहरु आउन थालेका छन् ।
सम्बन्धित खबर