बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मुस्लिम संघ केन्द्रीय उपाध्यक्षमा झापाका शेख

बिहिवार, असोज ११, २०८०
विर्तामोड १० असोज । नेपाली कांग्रेसको भातृ संस्था नेपाल मुस्लिम संघको केन्द्रीय उपाध्यक्षमा झापाका सर्फराज शेख सर्वसम्मत चयन हुनुभएको छ । संघको असोज ७ र ८ गते काठमाडौंमा सम्पन्न तेस्रो केन्द्रीय महाधिवेशनले अताबुल मन्सुरीको अध्यतामा सर्वसम्मत समिति चयन गर्दै झापाका शेखलाई उपाध्यक्षमा चयन गरेको हो । अधिवेशनले झापाका अमिन अलि शेख, साहिद हुसेन र सेलेतुन खातुनलाई  केन्द्रीय सदस्यमा चयन गरेको छ ।
सम्बन्धित खबर