बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सभामुख घिमिरेद्वारा पुर्बको सिद्ध शक्तिपीठ कालिकापीठ कालीस्थानको स्थलगत अवलोकन

बुधवार, असोज १०, २०८०
कालीस्थान । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पुर्बको सिद्ध शक्तिपीठ कालिकापीठ कालीस्थानको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा उहाले जनसहभागिता र सरकारको संयुक्त पहलमा धार्मिक पर्यटकीय स्थलका रुपमा पीठको बिकास गरिनुपर्ने बताउनुभयो । निजी पहलबाट पीठको बिकासमा भएको कामको प्रशंसा गर्दै सभामुख घिमिरेले गुरुकुलको बिकासका लागि दरबन्दी प्रदान गर्ने लगायतका बिषयमा आवश्यक पहल गर्ने बताउनुभयो । आफू कार्यकारी भुमिकामा नरहेको तर यही क्षेत्रको साम्सद समेत रहेकाले यश क्षेत्रको बिकासका लागि पहल गर्ने बताउनुभयो । कार्यक्रममा पीठका अध्यक्ष ज्योतिषाचार्य पण्डित लक्ष्मीप्रसाद पोखरेलले पीठमा हालसम्म गरिएका काम र भावी योजनाका बारेमा जानकारी गराउनुभएको थियोे ।
सम्बन्धित खबर