बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

विल्डिङ्गमा प्रयोग भएको कमसल इटा उद्योगमै फिर्ता

बुधवार, असोज १०, २०८०
बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारमा निर्माणधिन अवस्थामा रहेको कृषि तथा सामुदायिक विल्डिङ्गमा प्रयोग भएको कमसल इटा उद्योगमै फिर्ता पठाइएको छ । असोज ३गते नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलासहित जनप्रतिनिधि तथा कर्मचारीले गरेको अनुगमनमा ३ नम्बर ईटा प्रयोग भएको फेला परेको थियो । नगर प्रमुख प्रसाईले कमसल इटा प्रयोग गरि बनाईएको वाल तत्काल भत्काउन र ईटा फिर्ता पठाउन निर्देशन दिनु भएको थियो । सोहिअनुरुप वाल त्यसैदिन भत्काईएको र शनिबार र आइतबार गरि ७ ट्याक्टर ईटा नमुना ईटा उद्योग हल्दिबारी १मा फिर्ता पठाईएको ठेकेदार कम्पनीका उमेश श्रेष्ठले जानकारी दिनुभयो । कमसल ईटा प्रयोग भएको पाईएपछि वडा नम्बर ३ का वडा सदस्य हरि बांस्कोटाको नेतृत्वमा १५ सदस्यीय अनुगमन समिति निर्माण गरिएको छ । जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय समाजसेवीहरु रहेको यस समितिले कडाईको साथ विहान बेलुकी अनुगमन गरिरहेको वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीले बताउनु भयो । ५ करोड ५६ लाख ५ हजार ३०८ रुपैयाँ (भ्याट सहित)को लागतमा शिवालय आर.एस जेभीले विल्डिङ्ग ठेका लिएर निर्माण गरिरहेको छ।
सम्बन्धित खबर