बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र यातायात प्रभाग नेपालको आयोजनामा बिर्तामोडमा सडक सुरक्षा सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

शनिवार, असोज ६, २०८०
बिर्तामोड । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र यातायात प्रभाग नेपालले बिर्तामोडमा सडक सुरक्षा सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
 राष्ट्रिय अभियानकारुपमा सडक सुरक्षा,जीवन रक्षा कार्यक्रम चलाउंदै आएको राजयोग सेवा केन्द्रले आज शुक्रबार बिर्तामोडमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले सवारी दुर्घटना मुख्य चुनौती रहेको बताउनु भयो । सांघुरो,अव्यवस्थित सडक र द्रुत गतिकाकारण बढी दुर्घटना हुने गरेको भन्दै उहांले ख्याल गरेर सवारी कुदाउन सबैलाई आग्रह गर्नुभयो।
 नगर प्रमुख प्रसाईले बिर्तामोड वस पार्कलाई व्यवस्थित गर्नका लागि सम्बन्धित निकायसंग छलफल भईरहेको जानकारीसमेत दिनभयो। उहांले राजयोग केन्द्रले सुरु गरेको यो अभियान सह्रानिय रहेको भन्दै सफलताको शुभकामना दिनु भयो ।
 कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले सवारी दुर्घटना न्युनिकरणका लागि सबै सचेत हुनु पर्ने बताउनु भयो । दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या बढ्दै गएको भन्दै उहांले ट्राफिक नियमको पालना गर्न आग्रह गर्नुभयो । ट्राफिक प्रमुख न्यौपानेका अनुसार चालुआर्थिक वर्षको भदौ महिनासम्म झापामा १ सय ४४ वटा दुर्घटना भएका छन् । जसमा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ सय ५१ जना घाईते भएका छन् ।
 यस्तै कार्यक्रमका विशिष्ट अतिथि राजयोग अन्तराष्ट्रिय केन्द्रका प्रशिक्षक तथा मधुवन ब्रह्माकुमारी मिडिया प्रभाग मधुवनका रामस्वरुप भाईजीले चालक अनुशासीत भए दुर्घटना कम हुने बताउनु भयो । उहांले ज्ञान कम भएकाकारण पनि सवारी दुर्घटना बढी हुने गरेको धारणा राख्नु भयो ।
 यस्तै कार्यक्रममा बोल्दै ब्रह्मकुमार गुणराज लामिछानेले विद्यालय स्तरमा दुर्घटना न्युनिकरणको शिक्षा दिन सकियो भने सकरात्मक सन्देश जाने बताउनु भयो । उहांले यो अभियान राष्ट्रव्यापी रहेको पनि जानकारी दिनुभयो ।
कार्यक्रम राजयोगी ब्रह्माकुमारी रबिना दिदीको सभापतित्वमा सम्पन्न भएको हो। सडक सुरक्षा,जीवन रक्षा अभियान असोज ३ गतेदेखि राष्ट्रव्यापीरुपमा सुरु भएको जनाईएको छ। कार्यक्रमको सन्चालन तुलसी भाईजीले गर्नु भएको थियो ।
 सोही कार्यक्रमका विच जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुखमा भर्खरै सरुवा भएर आउनु भएका ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपानेलाई स्वागत गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले उहांलाई खादा लगाएर स्वागत गर्नु भयो ।
सम्बन्धित खबर