शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

गोपाल गौरी दिगो विकास प्रतिष्ठानको छौठौँ साधारणसभा तथा अधिबेसन सम्पन्न

बिहिवार, असोज ४, २०८०
काठमाण्डौ, गोपाल गौरी दिगो विकास प्रतिष्ठानको छैठौँ साधारण सभा साथै अधिबेसन सम्पन्न भएको छ । सो अवसरमा जेष्ट नागरिक सम्मान, एकल पुरुष सम्मान, जेष्ठ आमा सम्मान लगायतका कार्यक्रमहरुको समेत आयोजना गरिएको थियो । तिज मिलन कार्यक्रमसहित काठमाण्डौको चावहिलमा रहेको एवान पाटि प्यालेसमा सम्पन्न भएको साधारणसभा वाट ९ जनाको केन्द्रिय कार्यसमिति समेत चयन भएको छ । जसमा अध्यक्ष इन्दिर शर्मा (गौतम), उपाध्यक्ष भोजकुमारी नेपाल, महासचिव बुद्धिराम बन्जाडे, सचिव धनमायाँ पौडेल , कोषध्यक्ष दामोदर सापकोटा, सदस्यहरु सुनिता खतिवडा, गिता न्यौपाने, नन्दलाल श्रेष्ठ, खनिमायाँ श्रेष्ठ चयन हुनुभएको छ । कार्यक्रमको विषिष्ठ अतिथि रहनु भएकी काठमाण्डौ महानगरपालिका विधायक समितिका सभापती रुपा थापाले गोपाल गौरी दिगो विकास प्रतिष्ठा स्थापनाका लागि इन्दिरा शर्माको योगदानको उच्च मुल्याङ्कन गर्दै, आफ्नो परिवारका सम्पुर्ण सदस्य गुमाउदाको पिडाका वारेमा आफुले महसुस गरेको विचार ब्यक्त गर्नु भयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानको संरक्षण गर्दै आगामि दिनमा ससक्त रुपमा सामाजिक काम गर्नका लागि प्रेरीत गर्ने वताउँदै जेष्ठ नागरिकको सम्मान साथै मायाँ ममता प्रदान गर्न आम नेपालीलाई आग्रह समेत गर्नु भयो । कार्यक्रममा वोल्ने क्रममा विसिष्ठ अथिति गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामाले धेरै दिदि बहिनिहरुसँग रहेर काम गर्दै आफु राजनितिमा आएको वताउनु भयो । महिलाहरुको विचमा रहेर काम गरेरै नगरपालिकाको उपप्रमुखको जिम्मेवारीमा पुगेको वताउनु भयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानका अध्यक्ष शर्मा र आफ्नो जिवन मिल्दो जुल्दो रहेको वताउँदै महिलाको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दा दिगो विकाससँग सम्वन्धि काम गर्नु पर्ने उहाँको भनाई रहेको थियो । कार्यक्रमका विषेस अतिथि गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालले नगरपालिकामा बजेट निर्माण गर्दा हरेक क्षेत्रमा महिलाहरुसँग सम्वन्धित विषयको सम्बोधन हुने गरेको वताउनुभयो । महिलाहरु जव आत्मनिर्भर हुन्छन तव स्वतन्त्रता मिल्ने वताउँदै महिलाहरुलाइ जागरुक वनाउन गोपाल गौरीले खेल्ने भुमिकामा सहयोग गर्ने समेत उहाँले वताउनु भयो । नेपाल सरकारको अर्थ समितिका सभापति माननिय सन्तोष चालिसेको प्रमुख आतिथ्यता रहेको कार्यक्रम संस्थाका महासचिव बुद्धिराम वन्जाडेले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चालिसेले मुलुकमा विभिन्न संस्थाहरु भए पनि गरिव दुःखीको क्षेत्रमा आफ्नो निजि संपति बाट सेवा प्रवाह गर्ने गोपाल गौरी दिगो विकास प्रतिष्ठान मात्र रहेको चर्चा गर्दै संस्थाको भवन निर्माणका लागि जग्गा प्राप्तीका लागि आफुले भुमिका निर्वाह गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानको स्थापनाका सन्दर्भमा केन्द्रिय अध्यक्ष इन्दिरा शर्माले आफ्नो सम्पुर्ण जाहेजेथा संस्थालाई सुम्पिएर एउटा सामाजिक विकासको क्षेत्रमा काम गरिरहनु भएको छ ।  
सम्बन्धित खबर