बुधवार, असोज ३०, २०८१
Sancharmanch

हरितालिका तीजको अवरमा झापामा जनचेतनामूलक नाटक मञ्चन

मङ्गलवार, असोज २, २०८०
हरितालिका तीजको अवरमा झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ मा रहेको एकिकृत महिला समूहले जनचेतनामूलक नाटक मञ्चन गरेको छ । समूहकी अध्यक्ष पार्वती भण्डारीको लेखन तथा निर्देशनमा तयार पारिएको नाटक दुःखी सासुमा डोल्मा तामाङ, शान्ता थापा, तुलसा भट्टराई, रचना खड्का, स्वेता पौडेल, कमला वस्नेत, मुना तामाङले अभिनय गर्नु भएको थियो । नाटकले विपन्न परिवारमा तिजले पारेको असर साथै सामाजिक अभियान्तको उदारभाव चित्रण गरिएको थियो । सो अवसरमा मौलिक सामुहिक साथै एकल नृत्यहरु प्रस्तुत गरिएको थियो । शिवसताक्षी नगरपालिका निवर्तमान उपप्रमुख भोजकुमारी नेपालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रमा शिवसताक्षी नगरपालिका वडा नं. ६ की महिला सदस्य साथै कार्यपालिका सदस्य गोमा रिजालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । पछिल्लो १० वर्षयता नेपालमा तीज मनाउने परम्परा भड्किलो हुँदै गएको सन्दर्भमा शिवसताक्षी नगरपालिका वडा नं. ६ का महिलाहरुले भने यसलाई चुनौती दिँदै पुरानो शैलीमा तीज कार्यक्रमको आयोजना गरिएको जनाएको छ । शिवगञ्ज बजार पूर्वमा रहेको बृजेश्वर शिवालय मन्दिर परिसरमा आयोजना गरिएको तीज विशेष कार्यक्रमलाई शुभकामना दिनुहुँदै मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कुन्जिविहारी ताजपुरियाले मौलिक तिज आजको आवश्यकता रहेको हुँदा मण्दिर ब्यवस्थापन समितिले आगामि दिनमा आफ्नो धर्म संस्कृती संरक्षणका लागि समुहलाई सहयोग गर्ने वताउनुभयो । बृजेश्वर शिवालय मन्दिर परिसरमा हरेक वर्ष मौलिक तीज विशेष कार्यक्रमको आयोजना हुने गरेको छ । कार्यक्रमका लागि मन्दिर ब्यवस्थापन समितिले आवश्यक टेन्ट, पिउने पानी लगायतमा निशुल्क सहयोग गर्दै आएको छ ।
सम्बन्धित खबर