बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

विश्वकर्मा पुजाकै दिन युनिक पेन्टस्ले ज्ञारेन्टि सहितका विभिन्न रंगहरु सार्वजनिक गर्यो ।

मङ्गलवार, असोज २, २०८०
विश्वकर्मा पुजाकै दिन युनिक पेन्टस्ले ज्ञारेन्टि सहितका विभिन्न रंगहरु सार्वजनिक गरेको छ । विश्वकर्मा पुजाको कार्यक्रम आयोजना गर्दै रंग वितरण गर्ने डिलरदेखि विक्रेता हुँदै उपभोक्ता सम्मलाई लाभान्वित बनाउने उध्येश्यले विभिन्न अफर सञ्चालन गरेको हो । बिश्वकर्मा पूजा विषेस कार्यक्रमको आयोजना गरेर झापा जिल्ला तथा वाहिरका डिलर सञ्चालकहरु समेतको उपस्तिितिमा कम्पनिले स्किमहरु सार्वजनिक गरेको हो । विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिनको रुपमा मनाइने गरिन्छ । विशेषगरि नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मनाइने गरिएको छ । नेपाल बाहेक भारतीय संस्कृतिमा पनि शिल्प सङ्काय, कारखाना, उद्योगहरूमा भगवान विश्वकर्माको महत्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्रम दिवसका रूपमा मनाउने गरिन्छ । यो त्पादन–वृदि र राष्ट्रिय समृद्धिका लागि एक सङ्कलप दिवस पनि हो। यो पर्व कन्या सङ्क्रान्ति अथवा प्रतिवर्ष १७ सेप्टेम्बर विशवकर्मा–पुजाका रूपमा सरकारी अनि गैर सरकारी इनजिनियरिङ संस्थामा धेरै नै हर्षोल्लासका साथ सम्पन्न हुनेगर्छ। यसै सन्दर्भमा झापाको विर्तामोड नगरपालिका वडा नं. २ मा स्थापना भएको युनिक पेन्टस्ले पनि विश्वकर्मा पूजा मनाएको छ । युनिकले घरहरुमा लगाइने विभिन्न रंगहरु ज्ञारेन्टीका साथ उपभोक्तामाझ पुर्याउन सुरु गरेको ६ वर्ष पूरा भएको छ । गुणस्तरीय रंगहरु विभिन्न वर्षको ज्ञारेन्टिकासाथ बजारमा ल्याएको सञ्चालक लक्ष्मि बाँस्कोटाले जानकारी दिनुभयो । विभिन्न साइजका रंगहरु वजारसम्म पुर्याएको युनिक पेन्टका सञ्चालक पूण्यप्रसाद रिजालले जानकारी दिनुभयो । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका रंगहरुको प्रमुख प्राविधिक इन्जिनियरको भूमिका निर्वाह गर्दै ५ महिनायता युनिक पेन्टस्को प्रमुख इन्जिनियरको रुपमा कार्यरत दिलिप तिवारीको कुशल कार्यसम्पादनले पनि युनिक पेन्टस्ले गुणस्तरीय रंगहरु उत्पादन गरिरहेको छ । युनिक पेन्टस् उद्योग झापा विर्तामोडका ४ जना युवा ब्यवसायिहरु लक्ष्मि प्रसाद वाँस्कोटा, पूण्यप्रसाद रिजाल, चिरञ्जिवि अधिकारी र लेखनाथ सिग्देलको संयुक्त लगानि रहेको छ ।
सम्बन्धित खबर