बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

वीरता जेसीजको आयोजना साथै नेको इनसुरेन्स लिमिटेडको सहयोगमा आठौँ दुर्घटना न्यूनीकरण महाअभियान

मङ्गलवार, असोज २, २०८०
वीरता जेसीजको आयोजना साथै नेको इनसुरेन्स लिमिटेडको सहयोगमा आठौँ दुर्घटना न्यूनीकरण महाअभियान कार्यक्रमको आयोजना गरिएको छ । अर्जुनधारा ११ मा पर्ने टेकबहादुर गिरी बसपार्कमा अभियान अन्तर्गतको ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमबाट दुर्घटना न्यूनीकरणका लागि विभिन्न सन्देस प्रवाह गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रममा परिकल्पनाकार सामाजिक ब्यक्तित्व मदन गोपाल सुब्बाले आठ वर्ष अगाडि सवारी दुर्घटनको भयाभह अवस्थालाई सम्झिएर दुर्घटना न्यूनीकरणमा राज्यको मात्र दायित्व नभएर नागरिकको पनि उतिकै दायित्व हो भन्ने महसुस गरेर कार्यक्रमको थालनी गरेको बताउनुभयो । वीरता जेसीज वर्ष सन् २०२३ का उपाध्यक्ष सुमन पोद्धारले स्वागत गर्नु भएको कार्यक्रम वीरता जेसीज वर्ष सन् २०२३ का कानुनी सल्लाहकार एलसी श्रेष्ठले सञ्चालन गर्नु भएको थियो । ]कार्यक्रममा बोल्दै विशिष्ट अतिथि जिल्ला ट्राफिक कार्यालय झापामा प्रमुख प्रहरी निरिक्षक नवराज न्यौपानेले ट्रफिक कार्यालयबाट आवश्यक ब्यवस्थापन सहितको दुर्घटना न्यूनीकरणमा बाह्रै महिना लागि परेको बताउँदै ट्राफिक प्रहरीले चालकहरुलाई आफ्नो सवारी साधनमा गडवढी आएमा त्यसलाई जवरजस्ती गन्तब्यमा पुर्याउनका लागि प्रयास नगर्न अनुरोध गर्नु भयो । सोही अवसरमा झापा जिल्लाका विभिन्न स्थानबाट लामो समय करिब ३० वर्षदेखि सवारी सञ्चालन गरिरहनुभएका इमान्दार, हालसम्म कुनै पनि दुर्घटनामा नपरेका चालकहरु भद्रपुर नगरपालिका वडा नं. १० का तेजप्रकाश न्यौपाने, बुद्धशान्ति गाउँपालिका वडा नं. ४ बस्ने लोकबहादुर लिम्बु, कनकाई नगरपालिका वडा नं. १ का सन्तोषमान दर्जी, विर्तामोड नगरपालिका वडा नं. २ का सुरेस खतिवडालाई प्रमाणपत्र साथै दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गरेकोमा खुशी ब्यक्त गर्नुभयो । पुरस्कृत गर्ने कार्यक्रमबाट अन्य चालकहरुलाई पनि हौसला मिल्ले बताउँदै बिश्वमा दुर्घटनाको अवस्था भयाभह हुँदै गएको हुँदा न्यूनीकरणको अभियान आफैबाट सुरु गर्न जरुरी रहेको बताउनुभयो । सबै भन्दा पहिला सवारी चालक सम्पूर्ण अवस्थाबाट सवारी साधन चलायन योग्य हुनु पर्नेमासमेत उहाँले जोड दिनुभयो । जस्का लागि यातायात व्यवसायीसमेत सचेत हुनुपर्ने उहाँको भनाइ छ । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै वीरता जेसिज वर्ष सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीले बिहान घरबाट निस्केपछि बेलुका घर फर्किने÷नफर्किने टुंगो नभएको बताउनुभयो । अभियानको सुरुवात गर्न सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो कार्यक्रमको सुरुमा वीरता जेसिजका सदस्य विज्ञराज पौडेलले जेसीज आस्था वाचन गर्नु भएको थियो भने जुनियर वीरता जेसीजका अध्यक्ष अनिक चौधरीले जेसीआई मिसन भिजन बाचन गर्नु भएको थियो । कार्यक्रममा विभिन्न यातायात ब्यवसायिक संघका पदाधिकारी, बसपार्क ब्यवस्थापन समितिका पदाधिकारी, चालक तथा मजदुर, ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर