बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाली कांग्रेस विर्तामोड नगर कार्यसमितिको छैटौँ नगर सभा भब्यरुपमा सम्पन्न ।

शनिवार, भदौ ३०, २०८०
विर्तामोड, भाद्र ३० /नेपाली कांग्रेसको बिर्तामोड नगर कार्यसमितिको छैटौँ नगरसभा सम्पन्न भएको छ । विर्तामोडको विर्ता पार्टी प्यालेसको सभाहलमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सहमहामन्त्री बद्री पाण्डे रहनु भएको थियो । सो अवसरमा स्व लक्ष्मण खड्काकी श्रीमती अन्जु खड्कालाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस झापा क्षेत्र नं. २ का क्षेत्रीय सभापति तथा युवा नेता खगेन्द्र मैनालीले बिधानतः प्रत्येक वर्ष प्रतिबेदनमाथिको समिक्षा सहितको नगर सम्मेलन गर्नु पर्ने धारण राख्नु भयो । कार्यकर्ताहरुको अपेक्षा धेरै भएको हुँदा पार्टीले समय सापेक्ष सुधार नीतिको अवलम्बन गर्नु पर्ने उहाँको भनाइ थियो । छलफलमा उठाइएका बिषयहरु सान्दर्भिक भएको भन्दै सुधार गरेर जानु पर्ने उहाँको भनाइ थियो । नेपाली कांग्रेस उर्जाशील पार्टी भएको उल्लेख गर्दै नेता मैनालीले मुलुक परिवर्तन गर्न सक्ने नेतृत्व भएको पार्टी छ भने त्यो नेपाली कांग्रेसनै भएको दाबी गर्नु भयो । नेपालि कांग्रेस जिल्ला कार्यसमिति झापाका सचिब कृष्ण हुमागाइँले – सधै गाली गलोज गरेर वाही वाही पाउनु र नेतृत्वको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुमा फरक हुने धारण राख्नुभयो । नेकपा एमाले जस्तो नेपाली काङ्ग्रेसले सँस्थागत भ्रष्टाचार गरेर अगाडि बढ्ने कहिल्यै पनि निर्णय नगर्ने जिकिर गर्दै नेतृत्व मानेर होइन जानेर मात्र सक्षम हुने बताउनुभयो । पार्टी भित्रको आन्तरिक द्वन्द्वलाई टिकट नपाउन्जेल सम्मकालागि मात्र कायम गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति देउकुमार थेबेले बिधानतः १ बर्ष भित्रको प्रतिबेदन हरेक वर्ष पेश गर्नु पर्ने ब्यवस्था अनुसार कार्यक्रमको आयोजना गरिएकोमा शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रममा उठेका सुझावलाई मध्यनजर गर्दै अगाडि बढ्ने बिश्वास ब्यक्त गर्दै आगामी १ बर्ष पछिका योजना बनाउनसमेत आग्रह गर्नुभयो । नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकालले नगर सम्मेलनको अभियानमा झापा जिल्लाको विर्तामोड नगर कार्यसमितिबाट भब्य कार्यक्रमको आयोजना भएकोमा खुशी ब्यक्त गर्नुभयो । नयाँ उम्रिँदै गरेका पार्टीहरुले छलाङ मार्न दहमा ढुङ्गा हान्दै गरेको कुरा उल्लेख गर्दै ३६५ दिन काङ्ग्रेस भन्दै हिड्ने क्रियाशिल कार्यकर्ताहरुले घन्टीमा भोट हालेको तीतो यथार्थ भुल्नु नहुने बताउनुभयोे । कार्यकर्ताको बिश्वासमा कमी हुन नदिन पार्टीले बिभिन्न गतिबिधि अगाडि बढाउनु पर्ने बताउँदै पार्टीको आधा शक्ति महिला भएको दाबी गर्नुभयो । संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता सुधीर कुमार सिवाकोटीले पार्टीको केन्द्रीय समितिमै समस्या रहेको हुँदा कार्यकर्ता निरास भएको बताउनुभयो । मुहान बाट धमिलो पानी आए धाराहरुमा कहिल्यै संङ्लो पानि नआउने हुँदा परिस्थिति सुधार गर्नुपर्ने धारण राख्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सह महामन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि बद्री पाण्डेले नगर सम्मेलनको पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दै झापा जिल्लाका पार्टीका भातृ सङ्गठन अत्यन्त सक्रियताकासाथ अगाडि बढिरहेकोमा नेतृत्व पंतिको प्रशंसा गर्नु भयो । सिके प्रसाइको कार्य र योगदानलाई शिरोधार्य गरेर झापाको सिङ्गो पार्टी अगाडि बढ्नु पर्ने नेता पाण्डेले वताउनुभयो । झापाका दिवङ्गत सहिदहरुको सन्झना गर्दै बाटो ब्यवस्थित गर्नु पर्ने बताउँदै हाम्रो निरासा राजनीति प्रतिको नभएको बताउनुभयो । १६ देखि ४० बर्षका मानिसहरु बिदेश गएको भए पनि प्रतिब्यक्ति खर्च अपुग भएको बर्तमान परिस्थितिको चर्चा गर्दै न्यायालयको शरणमा जाँदा पनि सेटिङ गर्नु पर्ने पो हो कि भन्ने आशंका उत्पन्न हुन थालेको पाण्डेले बताउनुभयो । पार्टीहरुको इमान्दारिताबाट अब पनि नेपाल समृद्ध बनेन भने भविष्यमा धेरै पछि पर्ने नेता पाण्डेले बताउनुभयो । विभिन्न तथ्याङ्क अनुसार मान्छेको जन्मदर घट्दो भएका कारण अबको ३० बर्ष पछि नेपाल जेष्ठ नागरिकको देश हुने नेता पाण्डेले बताउनुभयो । जसका कारण नेपालको अर्थतन्त्र झन कम्जोर हुने उहाँको भनाइ थियो । देशको महत्वपूर्ण क्षणमा काङ्ग्रेसले नेतृत्व गरेको उल्लेख गर्दै राजनीतिक सङ्घर्षको समय सकिएको तर आर्थिक मन्दीको अवस्थालाई जटिलतातर्फ अगाडि बढ्नबाट रोक्नु पर्नेमा उहाँले जोड दिनुभयो । कृषिजन्य सामग्री आयात गर्नु पर्ने परिस्थितिको अन्त्य गर्न कृषि बिकासको अवस्थालाई सुधार गर्नु पर्ने साथै नेपाली भूमि उर्वर बनाउन युवाले भूमिका खेल्नु पर्नेमा उहाँको जोड थियो । कार्यक्रम विर्तामोड नगरपालिका वडा नं. १० का अध्यक्ष दुर्योधन गुरुङ, नेपाली कांग्रेस विर्तामोड नगर कार्यसमितिका उपसभापति साथै वडा नं. ६ काअध्यक्ष सूर्य प्रसाद कन्दङ्वा, वडा नं. ५ का अध्यक्ष रोहित प्रसाई, नेपाली कांग्रेस विर्तामोड नगरपालिका वडा नं. ४ का उपसभापति नविन सिटौला, सचिव चन्द्र तिम्सिना, युवा ब्यवसायि आषिस वन, लगायतको विषेस सहयोगमा सञ्चालन भएको थियो । नगर सभापति भोजराज सिटौलाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा पार्वता विमलीले आर्थिक प्रतिवेदन प्रस्तसुत गर्नुभएको थियो । ३० मिनेटसम्म जिग्यासा प्रस्तुत गर्ने समय दिएको कार्यक्रममा अवसरको सदुपयोग गर्दै कार्यकर्ताहरुले पार्टिप्रतिका जिग्यासाहरु साखेका थिए । नेपाली कांग्रेस विर्तामोड नगर कार्य समितिका सभापति भोजराज सिटौलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सहसचिव दिनेश पराजुलिले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विर्तामोड नगरपालिका भित्रका १५ सय वढि नेता तथा कार्यकर्ताहरुको यपस्थिति रहेको थियो ।
सम्बन्धित खबर