बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिर्तामोड नगर प्रहरीले बरामद गरेको मरेका माछा नष्ट

शनिवार, भदौ ३०, २०८०
बिर्तामोड नगर प्रहरीले बरामद भएको मरेका माछा नष्ट गरेको छ । नगर प्रहरीको गस्ती टोलीले प्रतिवन्धित भारतीय मरेका ७० किलो माछा विर्ता बजारबाट बिहीबार बरामद गरेको थियो ।
 रहु र ताम्पत जातका मरेका माछा स्थानीय व्यवसायी मदन माझी र दिलिप माझीले विक्री गर्दै गरेको अवस्थामा नगर प्रहरीले फेला पारेपछि नियन्त्रणमा लिएको जनाईएको छ ।
उक्त माछा प्रक्रिया पुरा गरी आज खाल्डो खनेर पुरीएको नगर प्रहरीका सह कमाण्डर टंक प्रसाद तिम्सिनाले जानकारी दिनु भयो ।
 बिर्तामोड नगरपालिका क्षेत्रभित्र मरेका अस्वस्थकर माछा विक्री वितरण पुर्णरुपमा प्रतिवन्ध छ । चाडवाड नजिकिएसंगै लुकीछिपी अस्वस्थकर माछा विक्री वितरण हुनसक्ने भन्दै नगर प्रहरीले सक्रियता बढाएको छ । नगर प्रहरीले यस अघि पनि ठुलो परिमाणमा प्रतिवन्धित माछा नियन्त्रणमा लिएर नष्ट गरेको थियो ।
सम्बन्धित खबर